मलंगवा नगरपालिकामा सरसफाई कार्यक्रम सम्पन्न

मलंगवा – नजिकिँदै गरेको दीपावली तथा छठ पर्वलाई लक्षित गरी सोमबार बिहान सदरमुकाम मलंगवामा सरसफाई गरिएको छ ।

मलंगवा नगरपालिकाको आयोजनामा मुख्य बजार क्षेत्रमा सरसफाई गरिएको हो । विशेष सरसफाई अभियानमा मेयर नागेन्द्रप्रसाद यादव समेत उपस्थित भए । सरसफाईमा जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायत सहभागी भएका छन् ।

सदरमुकाम भएपनि मलंगवा सरसफाईमा पछाडि रहेको गुनासो धेरै सुन्ने गरिन्छ । त्यहाँ नगरपालिका तथा अन्य संघसंस्थाले आयोजना गरेको सरसफाई कार्यक्रममा स्थानीय वासिन्दाको खासै उपस्थिति देखिँदैन् ।

प्रतिक्रिया