सरकारले देशभर अस्पताल बनाउने घोषणा गरेकै दिन मन्त्री रामेश्वर राय यादवको गाउँमा विवाद

सर्लाहीमा सोमवार एकैसाथ ६ स्थानमा १५ बेड को आधारभूत अस्पताल शिलान्यास गरिएको छ ।

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले सोमवार सर्लाहीसहित देशभरका ३९६ वटा पालिकामा अस्पताल शिलान्यास गर्ने कार्यक्रम तय गरेको थियो ।सोही कार्यक्रम अनुसार सर्लाहीमा हरिवन, बागमती, बलरा र बरहथवा नगरपालिका तथा चन्द्रनगर र पर्सा गाउँपालिकामा अस्पतालको शिलान्यास गरिएको हो ।सरकारले खोरिया स्वास्थ्य चौकीलाई छनौट गरेपनि त्यहाँ विवाद भएपछि सोमवार शिलान्यास हुन सकेन चक्रघट्टा वर्तमान सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको गाउँ समेत हो ।

मन्त्री यादव सर्लाहीको ३ नम्वर क्षेत्रका संघीय सांसद समेत हुन् । चक्रघट्टा बाहेक अरु ६ ठाउँमा भने सबै सरोकारवालाहरुको उपस्थितिमा अस्पतालहरुको शिलान्यास गरिएको छ ।सर्लाहीमा बन्ने सबै १५ बेडका अस्पतालका लागि १८ करोडको हाराहारीमा कुल बजेट आउने छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया