सगुनलको ४ करोड २६ लाख रुपैयाँ मुनाफा

हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा ४ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

संस्थाले गएको एक आर्थिक वर्षमा १ अर्ब ५१ करोड ६४ लाख ३७ हजार ७६ रुपैयाँ ४५ पैसा कूल कारोवार गरी चार करोड २६ लाख ६८ हजार २४४ रुपैयाँ ७४ पैसा खुद मूनाफा आर्जन गरेको हो । संस्थाको शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभामा प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यलाई ११. २४ प्रतिसत लाभांस वितरण गरिने घोषणा गरिएको छ ।

हरिवनमा प्रधान कार्यालय तथा लालबन्दी, बागमती, हरिपुर, बरहथवा र ईश्वरपुरमा सेवा केन्द्र रहेका यस संस्थामा सात हजार १४९ महिला सदस्य, चार हजार ४८४ पुरुष सदस्य र १९८ समूह सदस्य गरी ११ हजार ८३१ शेयर सदस्य रहेका संस्थाका प्रवन्धक रविन्द्र रानाले जानकारी दिए ।

संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता तथा पूर्व मन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सगुन शिक्षा आवासिय विद्यालय हरिवन ९ को प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो ।

सभामा मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, नेफ्स्कुनका केन्द्रिय सदस्य हरेराम पट्टेल, पूर्व प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी सङ्घकी अध्यक्ष मन्दिरा आचार्य, संस्थाका निवर्तमान अध्यक्ष बाबुराम घिमिरे, सल्लाहकार सदस्य विदुरकुमार प्याकुरेल, नगर सहकारी सन्जालका अध्यक्ष रामप्रसाद घिमिरे, हरिवन ४ का वडाध्यक्ष केशवराज थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

संस्थाका सचिव राजकुमार उप्रेतीको संचालन तथा उपाध्यक्ष तारादेवी सुवेदीको स्वागतमा साधारण सभा सम्पन्न भएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।