सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् ।
साँझ भएको झडपमा केहि घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्ररुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो ।