सन्जु कर्ण, हरीवन,
नेकपा (एकीकृत समाजवादी) मेची महाकाली समाजवादी जागरण अभियान २०८० अन्तर्गत जिल्ला कमिटी सर्लाहीले पनि बिबिध कार्यक्रम गरी मनाउने भएको छ ।
अभियानले रोजगारी, समृद्धि र सुशासन भन्ने मुल नाराको साथ यही असोज १७ गत्ते (बुधवार) सर्लाहीको लालबन्दीमा दिउँसो १ बजे कार्यक्रम गर्ने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असोज १४ गत्ते काकडभिट्टाको मेची नदी किनारबाट मेची महाकाली समाजवादी जागरण अभियान २०८० शुरु भई असोज २९ गत्ते कञ्चनपुर पुगेर सम्पन्न गर्ने कार्यक्रम रहेको जनाइएको छ । अभियान अन्तर्गत सलाहीको लालबन्दिमा असोज १७ गत्ते बुधवार भेला गरी कार्यक्रम गर्न लागीएको नेकपा (एकीकृत समाजवादी) सर्लाहीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो । अभियानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खानाल लगाएत दर्जनौ केन्द्रिय नेता सहित करिब एकहजार किलोमटरको दुरी यात्रागर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
पार्टीको अभियानमा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास, पुर्वाधार निर्माणको सम्बन्धमा पार्टीको योजना सुनाउदै नागरिकको सल्लाह, सुझाव सुन्ने र उपयुक्त बिषयमा प्रतिबद्ध भई अगाडी बढ्ने लक्ष्यका साथ अभियान आयोजना गरिएको बताइएको छ । असोज १७ गत्ते (बुधवार) दिउँसो १ बजे लालबन्दीमा भेला भई २ बजे सर्लाहीको प्रवेशद्धार बाँकेमा यात्रीलाई स्वागत गर्ने, दिउँसो ३ बजे स्वागत, सम्मान गरी जनवादी चोक देखी कार्यक्रम स्थलसम्म पदयात्रा गर्ने कार्यक्रम रहेको छ ।त्यसैगरी दिउँसो ४ बजे लालबन्दीको डुमडुमे मन्दिर अगाडी कोणसभा गर्ने । सर्लाही जिल्ला पार्टी, जनसंगठन, उद्यमी, पत्रकार लगायत संग केन्द्रिय टोलीले होटल युनाईटेड इनमा बेलुकि ५ बजे छुट्टाछुट्टै आवश्यक भेटघाट गर्ने ।
बेलुकी ६ बजे हरिवनको कडरीया चोकदेखी पदयात्रा र कोणसभा गर्ने र ७ बजे सर्लाही र रौतहटको सिमा बागमतीबाट बिदाइ गर्ने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष लामाले बताउनुभयो । अध्यक्ष लामाले कार्यक्रम सफल पार्न बुद्धिजीवि,नागरिक समाज, पेशाकर्मी, पत्रकार, राजनीतिक दल, ब्यापारी, किसान, श्रमिक लगायत सर्वसाधारणलाई अभियानमा उपस्थित भैदिनहुन समेत अनुरोध गर्नुभएको छ ।