सर्लाहीमा भर्खरै जिल्ला महिला भेला गरेर नेतृत्व चयन गरेको नेकपा एमालेको माधव खनाल समुहले अव युवा संघ नेपालको जिल्ला भेला तयारीनी पुरा गरेको छ । चैत २८ गते शनिवार हरिवनको सभ्राट सभाहलमा हुने भेलाको तयारी व्यापक रुपमा भईरहेको युवा संघका जिल्ला सह संयोजक राधाकृष्ण प्याकुरेलले वताउनुभयो ।
युवा भेलाको दिन विहान नयारोडवाट हरिवन चौकसम्म खुल्ला दौड प्रतियोगिता राखिएको छ भने ११ वजे हरिवनमा नै युवा र्याली र र्याली पछि भेला राखिएको छ । भेलालाई नेकपा एमालेका नेताहरु योगेश भट्टराई र रामकुमारी झाक्रीले सम्वोधन गर्ने युवा संघका केन्द्रीय सदस्य सिङ योन्जनले जानकारी दिनुभयो ।
गएको चैत २५ गते हरिवनमा नै भएको महिला भेलामा उत्साहजनक सहभागिता भएको भनेर दावी गर्ने युवा संघले युवा भेलामा १ हजार युवालाई जम्मा गर्ने लक्ष्य लिएको जनाएको छ । अर्का केन्द्रीय सदस्य सुनिल श्रेष्ठले दौडमा भाग लिने युवालाई भेष्ट र सहभागी युवालाई खाजा एवं खानाको व्यवस्थापन गरिएको वताए । दौड प्रतियोगितामा प्रथम, दुतिय र तृतिय हुनेलाई क्रमस १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने जनाईएको छ ।
यस पहिले जिल्ला संयोजक जय वहादुर गोले र सहसंयोजक राधाकृष्ण प्याकुरेल चयन भए पनि २८ गते हुने भेलाले वाकी पदाधिकारी र सदस्य चयन गर्ने युवा संघले जनाएको छ ।
नेकपा एमालेको सस्थापन पक्षले माधव खनाल पक्षको भेलालाई समानान्तर गतिविधि भने पनि माधव खनाल पक्षका नेताहरु भने आफु नै सर्लाहीमा सस्थापन पक्ष भएको दावी गर्छन । एमाले जिल्ला अध्यक्ष रेवती पन्तले सर्लाहीमा आफु निर्वाचित अध्यक्ष भएकोले सस्थापन पक्ष नै आफुहरु भएको दावी गर्नुभयो ।