सविधानसभा सद्स्य नरेन्द्र शाहले आफ्नै गृह जिल्ला सर्लाहीमा होलि पर्व मनाय।

सर्लाहीसहित तराई मधेसका जिल्लाहरुमा सोमवार अत्यन्त हर्षोल्लासपूर्वक रंगहरुको पर्व होली मनाइरहेको अबस्थामा सर्लाहीमा पनि सविधानसभा सद्स्य सद्भाव पुर्ण होलि मनायका छ्न साहाले प्राय चक्रघटाका जनप्रतिनिधिहरु सग पर्व मनायका छ्न ।
जिल्लाभर नै रौनकताका साथ यो पर्व मनाइएको हो । बालबालिका, युवा, पाका उमेरका सबै एक आपसमा रंग र अविर दलेर खुसी साटासाट गरी होली मनाएका छन् । स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त छन। सबैका हातमा विभिन्न रङका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका। घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त। आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ।

सोमवार राती अवेरसम्म सर्लाहीमा होली पर्व शान्तिपूर्ण देखिएको छ । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले सोमवार रातीसम्म पर्व मनाउने क्रममा जिल्लामा कुनै अप्रिय घटना नभएको र प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइनै रहेको उज्यालो अभियानसँग बताए ।होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेका कथासँग जोडिएका छन्। हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ।
असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ ।

यसपालि कोरोनाको जोखिम बढेकाले सामूहिक रुपमा होली नमनाउन सरकारले आग्रह गरेको थियो । भारतसँगका सीमा क्षेत्रमा कोरोना महामारीको जोखिम उच्च रहेकाले सार्वजनिकस्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सरकारले आग्रह गरेपनि सर्लाहीसहित देशभर नै होली मनाउनेहरुको जताततै भीडभाड देखिन्थ्यो ।

यो पर्वको अवसरमा सरकारले सोमवार तराईका जिल्लामा सार्वजनिक बिदा थियो । प्रदेश २ सरकारले आज (मंगलवार) पनि बिदा दिएको छ । यसअघि आइतवार नै काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा फागु पर्व मनाइएको थियो

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।