पत्रकार बख्तीयार अलीले दिए महासंघको भवन बनाउन १ लाख २० हजार

 पत्रकार बख्तीयार अलीले नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन तयार गर्न १ लाख २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

महासंघले वुधवार नयाँ वर्षको अवसरमा हरिवन नगरपालिका–८, स्थित वनबाटिकामा आयोजना गरेको बनभोज कार्यक्रममा पत्रकार अलीले महासंघका नवनिर्वाचित जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री र निवर्तमान अध्यक्ष विश्वनाथ ठाकुरलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । अली महासंघको निवर्तमान कार्य समितिमा उपाध्यक्ष थिए ।

केही हप्ताअघि आफ्नै भाईले आक्रमण गर्दा घाईते भएका पत्रकार अली अहिले पनि स्वास्थ्य लाभ गरिरहेका छन् । उनलाई पत्रकार महासंघको सर्लाही शाखाले उपचारका लागि १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

महासंघलाई सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै प्रदान गरिएको निर्माणाधीन भवनलाई निर्माण कार्य पूरा गरेर कार्यालयको रुपमा तयार गर्ने तयारी भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।