हजारबिगाह –संविधान र लोकतन्त्रको रक्षाका लागि फेरी संषर्घ गर्नु पर्ने आवश्यक्ता आएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
केपी ओलीको निरंकुशतन्त्र र तानाशाही प्रतिगमनको विरुद्धमा गत माघ २१ गते सर्लाहीको बरहथवा नगरपालिकामा नेकपाले आयोजना गरेको मसाल जुलुस सम्पन्न गरि बागमती फर्किने क्रममा नेपाल कम्युनिस्ट पार्टी९नेकपा० का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व। डाचाराज वाग्लेको मृत्यु शंकास्पद भएकोले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने नेकपाका अध्यक्षद्वय एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड र माधव कुमार नेपालले माग गर्नु भएको छ ।
आज (विहिबार) वाग्लेको मृत्यु भएको तेह्रौं पुण्यतिथिका अवसरमा सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिगाहमा आयोजित श्रद्धाञ्जली सभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै प्रचण्डले वाग्लेको मृत्युले आफूहरुले निकै असहज महसुस गरेको मात्र नभई आवेगमा समेत आएको बताए । ‘क। वाग्लेको मृत्यु रहस्यमय छ, यो मृत्यु सामान्य दुर्घटनाबाट मात्र हैन, ठूलो रहस्य लुकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘वाग्ले जस्तो क्रान्तिकारी नेताको मृत्युबारे समयमै छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन म सरकार समक्ष जोडदार माग गर्दछु, यति ठूलो दुर्घटनाका विषयमा गैर जिम्मेवार नबन्न समेत सरकारसँग माग गर्दछु ।’ केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकीको संयोजकत्वमा पार्टीले गठन गरेको आन्तरिक छानविन समितिको प्रारम्भिक प्रतिवेदनले दुर्घटना रहस्यमय देखिएको भन्दै अध्यक्ष प्रचण्डले सत्यतथ्य बाहिर ल्याएर दोषि देखिए कानूनी कार्बाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे ।