स्व. वाग्ले सच्चा, ईमान्दार, कर्मठ, जुझारु कम्युनिष्ट नेता रहेको पूर्व -प्रधानमन्त्री माधवकुमार नेपालको दाबी

नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि स्व । वाग्ले सच्चा, ईमान्दार, कर्मठ, जुझारु कम्युनिष्ट नेता रहेको र उनको जीवनशैली एवं आचरणको सबै कम्युनिष्ट कार्यकर्ताले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे ।
मिटरब्याजी सुदखोरहरु विरुद्धको अभियानका नेतृत्वकर्ता वाग्लेको निधनले सयौं पीडित महिला तथा दाजुभाईको मुक्ति आन्दोलनमा समेत ठेस लागेको नेता नेपालको भनाई थियो । त्यस्तै नेता नेपालले वर्तमान सरकारले चालेको प्रतिगामी एवं प्रतिगमनकारी कदम विरुद्ध एकजुट भएर अगाडी बढ्न समेत नेता कार्यकर्तालाई आग्रह गरे ।
नेपालले मिटर ब्याजी र घुसखोरलाई परास्त गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। गरिब, महिला र दलितमाथि दमन र अत्याचार गर्ने कम्यूनिस्ट हुँदैन्। यदि पार्टी भित्र कुनै यस्ता प्रवृतिका मानिसहरु छन् भने त्यस्तालाई सुधार गर्न निर्देशन दिए।

मायाप्रिती गाँस्ने, उनीहरुको पैसामा मौज गर्ने काम गर्नु भएको छ भने गल्ती स्वीकार अहिले नै गरेर सही बाटोमा लाग्न उनले निर्देशन दिए। भोलि छानबिनमा यस्तो प्रवृति फेला पर्यो भने पार्टीले कारबाही गर्ने नेपालले बताए।

अध्यक्षद्वयले देशको राजनीतिक विषयवस्तु भन्दा पनि डाचाराज वाग्लेले गरेका काम कारबाही र उनले पार्टीमा पुर्याएका योगदानका बारेमा चर्चा गरेका थिए। ‘वाग्लेले जिल्लामा सुदखोरबाट जोगाउनका लागि ठूलो योगदान पुर्याएको छ’, नेपालले भने , ‘वाग्लेका कारण धेरै गरिबहरु सुदखोरको अन्याय र अत्यारबाट जोगिएका छन्। कतिपय उन्मुक्ति समेत पाएका छन्।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।