नेकपा सर्लाहीको आयोजनामा वाग्लेको स्मृतीमा बृहत शोेक सभाहुने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज स्वर्गीय डाचाराज वाग्लेको बृहत शोक सभा आयोजना गर्ने भएको छ ।

दहाल–नेपाल समुह नेकपाका केन्द्रिय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री द्वय पुष्प कमल दहाल प्रचन्ड र माधव कुमार नेपाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका केन्द्रिय स्तरका नेताहरु समेत उपस्थितीमा बृहत शोक सभा आयोजना गर्नलागेको विज्ञप्ती मार्फत नेकपा सर्लाहीले जनाएको होे । नेकपा सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । ‘सभामा जिल्लाका सबैै स्थानीय तहबाट जनसहभागिता गराउन पार्टी संयन्त्र, सम्पुर्ण नेता कार्यकर्ता एवं जनवर्गिय संगठनहरुलाई निर्देशन गरिन्छ ।’
सभा स्वर्गीय वाग्लेको स्थायी बसोवास रहेको हरिपुर नगरपालिका १ स्थित हजारविगाहमा गरिने नेकपा जिल्ला अध्यक्ष पन्तले जानकारी दिए । आईतवार बागमती नगरपालिका कार्यलयको सभाहलमा आयोजित नेकपा सर्लाही जिल्ला कमिटीको बैठकबाट यहि फागुण ६ गते बिहिवार बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय भएको उहाँको भनाई छ । यस्तै सोही बैठक मार्फत जिल्लाका सम्पुर्ण नेकपाका नेता कार्यकर्ता, सम्पुर्ण राजनैतीक दल, जनप्रतिनिधि, संघ संस्था, नागरिक समाज, स्वर्गीय वाग्लेलाई स्मरण गर्ने विभिन्न बर्ग क्षेत्र एवं तहतप्का र आमजनसमुदायमा समेत शोक सभामा उपस्थितीको लागि अह्वान गरिएको छ ।
नेता वाग्लेको गत माघ २१ गते प्रचण्ड–नेपाल समुह नेकपाले बरहथवामा आह्वान गरेको मसाल जुलुस पश्चात कोण सभालाई संम्बोधन गरेर फर्कदै गर्दा दुर्घटनामा परेर मृत्यु भएको थियो । नयारोड–मधुुवनी सडक खण्ड अन्तरगत बरहथवा–९ मुर्तियामा सडमा लडेको अवस्थामा वाग्ले र उनिसवार मोटरसाईकल फेला परेको थियो । घटना स्थल र घटनाको प्रकृती हेर्दा दुर्घटनाको आशंका गरिए पनि घटनाको शुष्म अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय बरहथवाका डिएसपी उद्धवसिङ भाटले जानकारी दिए ।

वाग्लेको सव गत माघ २४ गते सर्लाही र रौतहटको सिमाना भएर बग्ने पवित्र बागमती किनारमा अन्तिम संस्कार गरिएको थियो । २०४२ सालमा प्रगतिशिल बिद्यार्थी आन्दोलनमा जोडिएका ५२ बर्षका वाग्ले २०४५ सालमा अनेरास्वबियु केन्द्रिय सदस्य, २०५२ सालमा तत्कालीन आखिल क्रान्तीकारीको केन्द्रिय अध्यक्ष, २०६४ मा तत्कालिन नेकपा एकताकेन्द्र मशाल रामसिङ समुहका केन्द्रिय सदस्य र एकता पछि तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य हुदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा सकृय रहदै आएका थिए ।

वाग्लेको पुरानो घर सर्लाहीको हरिपुर नगरपालिका १ हजारविगाह भएपनि उनि पछिल्लो समय सपरिवार महोतरीको बर्दिवास बस्दै आएका थिए । वाग्लेको बुबा आमा श्रीमती र दुई छोरा रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।