सर्लाही, १ फागुण
सर्लाहीको बागमतीमा रहेको रेडियो बागमती ९१.५ मेगाहर्जले बिश्व रेडियो दिवस र आफ्नो स्थापना दिवस मनाएको छ ।
शनिवार एक कार्यक्रमका विच रेडियोले विविध कार्यक्रम गरेर स्थापना दिवस तथा रेडियो दिवस सम्पन्न गरेको हो । सर्लाहीको बागमती नगरपालिका ११ रजिस्टरकार्यलय रहेको श्री शान्तिपुर मिडिया नेटवर्क प्रालीले विगत ७ बर्षबाट रेडियो संचालन गर्दे आएको छ । संचालक समितिका सदस्य दिपकका कुमार रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उद्घाटन् गरेका थिए ।
१० र्औ बिश्व रेडियो दिवस तथा ७ र्आँै स्थापना दिवसको अवसरमा रेडियोले अन्तर बिद्यालय स्तरिय वत्तृmत्वकला प्रतियोगिता सम्पन्न गरेको जनाएको छ । बागमती नगरपालिका अन्तरगतका सामुदायिक र निजि गरी ६ वटा बिद्यालयबाछ १२ जना बिद्यार्थी भाई बहिनीहरुले सहभागीता जनाएका थिए । प्रतियोगिता अन्तरगत बागमती १ मिलनचोक स्थित जनता माध्यामिक बिद्यालयकी छात्रा शिरिसा भण्डारी प्रथम, नमुना ज्ञानोदय माध्यामिक बिद्यालय राजघाटका छात्र शुसिल मैनाली द्वतिय र नव जनजागरण माध्यामिक बिद्यालय शंकरपुरकी छात्रा सलिना मगर तृतिय हुन सफल भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वतिय र तृतिय हुन सफल प्रतियोगीहरुलाई प्रमाण पत्र, मेडल, डाईरी र नगद पुरस्कार प्रदान गरिएको रेडियोले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सभापती कृष्ण स्माली, नेपाल शिक्षक महासंघका बागमती नगरकमिटी सभापती लोकनाथ दहाल र बागमती नगर शिक्षा शाखा अधिकृत मिन प्रसाद उपाध्याय निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा पशुपति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्रि खड्का, पशुपति सामुदायिक ग्रामिण बिद्युत संस्थाका अध्यक्ष लम्बोधर काफ्ले, समाजसेवी रमेश काफ्ले लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालक श्रवण थापाले जानकारी दिए ।
शिक्षक प्रतिनिधिको तर्फबाट श्री ५ महेन्द्र जनता माध्यामिक बिद्यालय कर्मैयाका शिक्षक सन्तोष बानियाले मन्तब्य राखेका थिए । बालबालिको क्षमता समेतको अभिबृद्धिमा टेवा पुग्ने गरी कार्यक्रम आयोजना गरिएको भन्दै उहाँले रेडियो परिवारलाई समेत धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रम रेडियो बागमतीबाट प्रतेक्ष प्रशारण समेत गरिएको थियो ।
सोही अवसरमा रेडियोले आफ्नो कल साईन परिवर्तन गरेको छ । रेडियो बागमती रहेको कलसाईन परिवर्तन गरेर रेडियो दर्शन कायम गरिएको रेडियोको स्टेशन म्यानेजर श्रवण थापाले जानकारी दिए । रेडियोको पुरोनो फ्रिक्वन्सी ९१.५ मेगाहर्जबाट रेडियो दर्शनबज्ने उन्ले जनाकारी दिए । दैनिक १७ घण्टा प्रशारण हुदै आएको यस रेडियोले स्थानीय समाचार तथा विधिन्न सुचना र मनोरंजनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । ५ सय वाट क्षमताको यस रेडियो सर्लाही सहित २१ जिल्लामा सुन्न सकिने रेडियोले दावी गरेको छ ।