टोलसुधार समिती संम्मेलन कार्यक्रममा बद्रिले रुवाए आमाहरु

सर्लाही, १ फागुण सर्लाहीको हरिवनमा टोल सुधार समिती गठन सम्मेलन सम्मान तथा स्वयमसेवीकाहरुलाई साईकल वितरण कार्यक्रम भएको छ । शनिवार हरिवन नगरपालिका वडा नम्बर ९ को आयोजनामा टोल सुधार सम्मेलन तथा स्थानीय समाजसेवी स्वमसेविकाहरुलाई प्रोत्साहन कार्यक्रम सम्पन्न भएको हो । सोही सम्मेलनको अवसरमा आयोजित संदेशमुलक लोक सास्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । सास्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय लोक गायक बद्रि पंगेनीले गित गाएका थिए । भने, मोडल अंजली अधिकारीले नृत्य प्रस्तुत गरेकी थिईन् । चर्चित लोक गायक पंगेनीले ‘ससुरालीमा’ ‘रातो पछेउरी’ ‘जनताले भनेको भाको छैन् है’ ‘सर्लाहीको उखुले मुल्य पा छैन्’ लगाएत बोलको आधा दर्जन बढि लोक दोहोरी गित प्रस्तुत गरेका थिए ।

गायक पंगेनीको मनछुने गित मध्यको ‘आमा बिदा पाउँदिन अहिलेको सालपनि घर आउदिन्’ बोलको गित गाउँदा कार्यक्रम स्थिलमा उपस्थित अधिकांस सहभागी आमाहरु धुरुधुरु रोएका थिए । गायक पंगेनी हरेक उमेर समुहका रोजाईका गायक मानिन्छन् । यस्तै मोडल अधिकारीले चर्चित गित गलवन्दी च्यतियो लगाएतका आधा दर्जत गितमा नृत्य प्रस्तुत गरिन् । गायक पंगेनी र मोडल अधिकारीको प्रस्तुतीले कार्यक्रममा उपस्थित दर्शकहरु घरि उत्साहीत दखिन्थे । भने, घरी सन्नाटा छाउथ्यो । गायक पंगेनीले गितको माध्यमबाट जनप्रतिनिधिहरुलाई सुविधा भोगी नभई जनताको हितमा र जनताको काममा लाग्न समेत आग्रह गरे । गायक पंगेनीले उखु किसानको आन्दोलमा सामेल भएको सम्झदै, सर्लाहीको उखुले राम्रो भाउ पाउदैन्, भारतिय चिनीको भाउँ बढ्दै छ । हुने खानेहरु त महरमै रमाउछन्, मधेसमा मधेशी भोकै मर्दै छ । भनेर गित समेत गाउन भ्याए । उन्ले यो गित गाई रहदा दर्शक समेत मन्त्र मुग्द भएर सुनिरहेको थिए । जनप्रिय गायको छवि बनाएका पंगेनी सर्लाही आउने खवरले सर्लाहीवासी अत्यन्त उत्साहीत बनेका थिए । सोही कार्यक्रमका विच हरिवन नगरपालिका वडा नम्बर ९ का ७ जना महिला स्वमसेवीकाहरुलाई एक÷एक थान साईकल वितरण गरिएको छ । यस्तै हरिवन वडा नम्बर ९ भित्र वडा कार्यलय, नापी कार्यलय, मालपोत कार्यलय लताएत विभिन्न स्थानमा जग्गा दिएर सहयोग गर्ने जग्गा दाताहरुलाई समेत सम्मा गरिएको आयोजक वडाका वडाध्यक्ष सिताराम पोख्रेलले जानकारी दिए ।

यस्तै सोही कार्यक्रममा एक समाजसेवी परिवारलाई समेत सम्मान गरिएको छ । हरिवन नगरपालिका स्थित ९ नम्बर वडामा अस्पताल संचालन गरिरहेका अम्रिता मैनाली र अर्जुन उप्रेती दम्पतीलाई सम्मान गरिएको वडा कार्यलयले जनाएको छ । मैनाली दम्पतीले कोरोना संक्रमणको महामारीको बेला सडकमा भोकभोकै हिडेका यात्रीहरुलाई निशुल्क खाना खुवाउने र औषधी उपचार गर्ने कार्य गरेका थिए । सगुन शिक्षाको भवनमा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, बिशिष्ट अतिथि उप मेयर रेनुका पौडेल तथा अतिथिहरुमा हरिवन १० का वडाध्यक्ष शम्भु मैनाली, ६ नम्बर वडाध्यक्ष प्रलाद बुडााथोकी, १ नम्बर वडाध्यक्ष राम बहादुर क्याप्छाकी लगाएको आतिथ्यता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।