आङ्ग खस्ने समस्याको निदान, उपचार का लागी माधवनारायण नगरपालिका र वागमती सेवा समाज नेपाल विच समझदारी

नेपाल सरकार परिवार कल्याण माहाशाखा, ADRA Nepal र वागमती सेवा समाज नेपाल हरिवन, सर्लाहीको संयूक्त साझेदारीमा रौतहट जिल्लामा संचालित महिला स्वास्थ्य र प्रणाली सुदृढीकरण (WHaSS) परियोजना अन्र्तगत माधवनारायण नगरपालिका र वागमती सेवा समाज नेपाल विच माधवनारायण नगरपालिकामा परियोजनाका कार्यक्रम तथा सेवाहरु संचालन गर्न दवै पक्षको आपसी सहमतीमा नगरपालिकाको तर्फ वाट नगर प्रमुख विरेन्द्र राय यादव र संस्थाको तर्फ वाट कार्यक्रम प्रवन्धक दिवाकर झा ले समझदारी–पत्र मा हस्ताक्षर गर्नु भएको छ ।
समझदारी पत्र मा संस्थाको तर्फ वाट १ जना नर्सिङ्ग कर्मचारीले यस नगरपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा प्रत्यक्ष रुपमा अति विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई विषेश ग्राह्यता दिदै महिलाहरुको आङ्ग खस्ने समस्याको निदान, उपचार एवं व्यवस्थापन सेवा प्रदान गर्ने, स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीको तालिम,On-site Coaching तथाMentoring का माध्यमबाट क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने, आङ्ग खस्ने समस्या भएका महिलाहरुलाई शल्यक्रिया गर्नुपर्ने आवश्यक भएमा नजिकको उपयुक्त अस्पतालमा न्यूनतम आवश्यक पर्ने खर्चहरुको व्यवस्थापन सहित प्रेषण गर्ने, स्वास्थ्य संस्थाहरुमा प्रदान गरिने आङ्ग खस्ने समस्या सम्वन्धी सम्पूर्ण सेवाहरुको नियमित विवरण यस नगरपालिका लाई उपलब्ध गराउने र अन्त्यमा नेपाल सरकारद्वारा निर्धारण गरेको मापदण्ड अनुरुप उक्त सेवाको मुल्याङ्कन गरी श्रोतको आधारमा स्वास्थ्य संस्थालाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्ने रहेको छ भने नगरपालिकाको तर्फ वाट संस्थाको कर्मचारीलाई स्वास्थ्य संस्थामा सेवा प्रदान गर्ने वातावरण प्रदान गर्ने, सेवा प्रदान गर्ने क्रममा भैपरी आउने जटिलताको व्यवस्थापनका लागी सम्बन्धित स्वास्थ्य संस्थाका कर्मचारी र संस्थाको समन्वयमा सम्वन्धित स्वास्थ्य संस्थाबाट हाल प्रयोग भैरहेको सरकारी प्रेषण प्रणालीकै प्रयोग गर्ने, आङ्ग खस्ने समस्याबाट पिडीत अति विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई संस्थाले शल्यक्रियाको लागि आर्थिक रुपमा सहयोग गर्नुपर्ने भए सो को स्पष्ट कारण सहित नगरपालिकाले सिफारिस गर्ने र आङ्ग खस्ने समस्या सम्वन्धी संस्थाले उपलव्ध गराएको सम्पूर्ण तथ्याङ्क नगरपालिका द्वारा स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (HMIS) मा प्रविष्टी (Entry) गरेको सुनिश्चित गर्ने प्रतिवद्धताहरु समझदारी पत्रमा उल्लेख रहेको छ ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नगरपालिकाको तर्फ वाट प्रमुख प्रशासकीय अधिकृत, हेल्थ पोष्ट ईन्चार्ज लगायतको उपस्थिती रहेको थियो भने संस्थाको तर्फ वाट परियोजना संयोजक लगायत अन्य कर्मचारीको उपस्थिती रहेको थियो । उक्त सम्झौता पत्र संस्थाको परियोजना संचालन हुने अवधि सम्म लागु रहने कार्यक्रम प्रवन्धक दिवाकर झा ले जानकारी दिनु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।