नेकपाको पार्टी कार्यलय संचालनको माग


सर्लाही
सुरक्षा घेरामा रहेको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीको पार्टी कार्यलय संचालनको लागी माग गरीयको छ। सर्लाही मलंगवा स्थित मनमोहन स्मृति भवन प्रहरी को सुरक्षा निगरानीमा रहदै आयको छ । अब पार्टीले काम संचालन गर्न लागेको नेकपा सर्लाहीले जनाएको छ ।

प्रतिनिधि सभा बिघट पछि जिल्ला स्थित पार्टी कार्यालयको भवनमा समेत असर परेको छ । महत्वपुर्ण कागजात कार्यालय भित्रै रहेको, पार्टी समुदाय बिचको सम्पर्कमा समस्या हुने गरेको नेकपा जिल्ला कार्य समितीका अध्यक्ष रेवती पन्तले बताए । पन्त का अनुसार सर्लाहीमा कुनै पनि बिवाद नरहेको र उक्त पाटी कार्यालय म अध्यक्ष हुँदा उदघाटन भयको थियो । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली पार्टी कार्यालयमा बस्दै आयका छन् ।

पार्टी कार्यालय कब्जामा लिने निहुमा विभिन्न जिल्लामा झडप नै हुन थालेपछि तत्काललाई सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । मलंगवा नगरपालिका वडा न–३, स्थित नेकपाको पार्टी कार्यालय रहेको मनमोहन सामुदायिक भवनको गतवर्ष मात्र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।