हरिवनमा नगर स्तरीय चौथो रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
चतुर्भुजेश्वर जनता मा.वि. सुखेपोखरीको खेल मैदानमा आज उदघाटन भएको खेलाकुद तीन दिनसम्म सन्चालन हुनेछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मुल समारोहका संयोजक सन्तोष भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका मेयर रमेश बुढाथोकी विशिस्ट अतीथिहरु प्रमुख प्रशासकिय अधिकृत प्रतीक कार्की ,वडा अध्यक्षहरु शम्भु मैनाली ,दिपमान लोप्चन, नीर धोज कार्की र कोकिलानन्द उप्रेतीको आतिथ्य रहेको थियो भने विभिन्न राजनीतिक दलका अध्यक्ष ,शिक्षक ,समाजसेवी, विभिन्न विद्यालयका प्र.अ.हरुको पनि उपस्थिति रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य सोही विद्यालयका प्र अ टेक बहादुर राउतले गर्नु भएको थियोेभने कार्यक्रम संचालन पुष्कर बुढाथोकीले गरेका थिए ।
प्रतियोगिताको शुक्रबार उदघाटन गर्दै मेयर बुढाथोकीले खेलकुद मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।
त्यस्तै वडा अध्यक्ष मैनालीले खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको सोही विद्यालयका सहायक प्र. अ. वकिल सिन्जालीले बताए