उखु किसान को आन्दोलनमा सबिधान सभा सदस्य नरेन्द्र साह को सहभागिता

आन्दोलनमा सबिधान सभा सदस्य नरेन्द्र साह सरकार किसानलाई बाच्न देउ भन्ने प्लेकाड बोक्दै

तीन  वर्ष अघि देखिको उखुको बाँकी भुक्तानी पाउन नकसेका किसानहरु यतिबेला राजधानी काठमाडौंमा कठ्यांग्रिदो चिसो सगै शान्तिपूर्ण धर्नामा छन् ।

चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका उखु किसानहरुले मंसिर २८ गतेबाट काठमाडौंमै गयर आन्दोलन गरिरहेका छन् ।  त्यस शान्ती पुर्ण आन्दोलनलाई  सांबिधान सभा सदस्य नरेन्द्र साह ले पनि साथ दिदै आयका छन । साहले समयमै उखुको भुक्तानी नपाउँदा किसानहरु समस्यामा परेको बताउँछन् । उनी भन्छन्–‘हामी पढ्दा चाहिं उखु नगदे बाली भनेर पढ्यौ तर, अहिले त उखु उधारो बाली जस्तो भएको छ । समयमै रकम नपाउँदा किसानरुमा ऋण माथि ऋण थपिएको छ। तर, सरकार रमिते बनिरहेको छ ।’

किसाहरुलाई काम गर्ने वातावरण बनाएर खेतमा पठाउनु पर्नेमा आन्दोलन गर्न बाध्य बनाउने सरकारको विरोध गर्न र किसानको समर्थन गर्न आफू पनि माइतिघर आएको उनले सर्लाही खोज खबर लाई टेलिफोन मार्फत जानकरी दिय  । सरकारले त उद्योगीहरुलाई पक्राउ गर्नेसम्मको आदेश दिइसकेको छ नि  भन्ने प्रश्नमा उनी भन्छन्–‘सरकारले भाखा राखेको त कयौं पटक भइसक्यो । तर, अर्झै कार्यान्वयन हुन सकेको छैन । मुखले बोलेर मात्र भएन काम गरेर देखाउनु पर्यो नि ।’

अघिल्लो वर्ष पनि सहमति भएको भन्दै सरकारले नै कार्यान्वयन गर्न नसकेको पूर्वा सांसद साहको भनाई छ । पूर्व सांसद साहले छिटो भन्दा छिटो उखुको रकम भुक्तानी गरिदिन सरकारसँग आग्रह गरेका छन् । पूर्व सांसद साहले यसरी विभिन्न सहयोग गर्नुका साथै समाजसेवाका अन्य काम गर्दै आएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।