जिल्ला स्तरीय संयुक्त अनुगमन सम्पन्न


सर्लाही,

बागमती सेवा समाज नेपाल, हरिवन, सर्लाहीद्वारा सर्लाही जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाको जिल्ला स्तरीय संयुक्त अनुगमन असोज २ सम्पन्न भएको छ संस्थाद्वारा युएन ह्याविट्याटको सहयोगमा संचालित पूर्ण सरसफाइ परियोजना, अक्सफामको सहयोगमा संचालित सुरक्षित खानेपानी परियोजना र आड्रा नेपालको सहयोगमा संचालित बर्थिङ सेन्टर स्तरोन्नति परियोजनाका गतिविधिहरुको स्थलगत रुपमा अनुगमन गरी लक्षित वर्गसँग अन्तरक्रिया समेत गरिएको छ ।
अनुगमन पछि बोल्नु हुँदै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले लक्षित वर्गलाई सुरक्षित खानेपानी उपलब्ध गराउन र सरसफाइ सम्बन्धी बानी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउनुभयो । “पूर्ण सरसफाइ एउटा सामाजिक अभियान हो ।” हरिवन ८ स्थित मिलीजुली नमुना सरसफाइ वस्तीको अवलोकन पछि प्रमुख मेथुर चौधरीले भन्नुभयो “सरसफाइ र स्वच्छताका लागि सरकारद्वारा भएको प्रयासलाई सफल बनाउन, खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गरी लागु गर्न र व्यक्तिको आनीबानीमा परिवर्तन ल्याउन यस प्रकारका कार्यक्रमहरुको धेरै महत्व रहेको छ ।”
यसैगरी संस्थाद्वारा सर्लाही जिल्लाको हरिपुर नगरपालिका स्थित पिडारीमा संचालित खानेपानी आयोजनाको निरीक्षण गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गाउँका ८ सय ६६ घरधुरीलाई पिउने पानीमा जनताको पहुँच पु¥याउने योजना स्वागतयोग्य भएको बताउनुभयो । समुदायको वृहत्तर विकासका लागि संस्थाले संचालन गरेका कामको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो “लक्षित वर्गको सशक्तिकरण र उनीहरुलाई खानेपानी, सरसफाइ, स्वास्थ्य, जीविकोपार्जन आदि क्षेत्रमा सहयोग गरी देखिने प्रकारका कामहरु संचालन गरेर संस्थाले समुदाय र राष्ट्रको विकासमा गरेको योगदान सह्रानीय छ ।”
सोही अवसरमा आड्रा नेपालको सहयोगमा संस्थाद्वारा हरिवन नगरपालिका वडा नं. ८ मा स्तरोन्नतिको काम भइरहेको बर्थिङ सेन्टर भवनको समेत अवलोकन गरिएको थियो । अनुगमन टोलीमा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक गंगाराम श्रेष्ठ, हरिवन नगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञ विनोद ढुंगेल, पत्रकार टंक क्षेत्री, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, कार्यक्रम प्रवन्धक दिवाकर झा, टिमलिडर गजेन्द्र साह आदिको सहभागिता रहेको थियो ।
यसैगरी युएन ह्याविट्याटको सहयोगमा बागमती सेवा समाज नेपालद्वारा संचालित पूर्ण सरसफाइ परियोजनाको जिल्ला स्तरीय समीक्षा गोष्ठी आज असोज २ गते सर्लाहीमा सम्पन्न भएको छ ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा परियोजनाद्वारा हालसम्म संचालन भएका क्रियाकलापहरु बारे बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले प्रस्तुतिकरण गर्नुभएको थियो ।
उक्त अवसरमा बोल्नु हुँदै युएन ह्याविट्याटका जिल्ला संयोजक दिपेन्द्र ठाकुरले परियोजना संचालनका अवधिमै कोभिड १९ ले प्रभाव पु¥याए पनि परियोजनाको प्रगति सोंचेभन्दा बढी सन्तोषजनक रहेको बताउनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।