सर्लाही,
आफ्नो गाउँ समुदायलाई सफा र स्वच्छ बनाउनका लागि सर्लाही जिल्लाको गाउँ गाउँमा सरसफाइ जागरण ¥याली आयोजना भइरहेका छन् । ¥यालीमा सहभागी भएका हरिवन नगरपालिका वडा नं. ८, नयाँ वस्तीका सुन्तली बि.क.ले भन्नुभयो “आफू सफा सुग्घर हुनु र घर आँगन सफा राख्नु भनेको आफ्नै लागि हो, हाम्रै स्वास्थ्य बलियो हुनु हो, त्यही भएर गाउँलेहरु मिलेर टोलको सरसफाइ गर्दै सरसफाइ ¥याली गरिरहेका छौं ।”
अहिले सर्लाही जिल्लाका हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बसवरिया गाउँपालिकामा यस प्रकारका ¥यालीहरु संचालन भइरहेका छन् । स्थानीयबासीहरुको स्वस्फूर्त सहभागिता रहेको ¥यालीमा स्थानीय तहका जनप्रतिनिधिहरुको समेत सहभागिताले उनीहरुलाई थप हौसला पुगेको छ । “सरसफाइको कमीले रोग लागेमा यसले कसैलाई चिन्दैन तर आफ्नो घर आँगन सफा, स्वच्छ राख्यो भने इज्जत पनि बढ्छ, गाउँ घरकै शोभा बढ्छ ।” ¥यालीलाई सम्बोधन गर्नुहुँदै हरिवन नगरपालिका वडा नं. ७ का अध्यक्ष नेत्रप्रसाद मैनालीले भन्नुभयो “नेपाल सरकारले सरसफाइ सम्बन्धी लिएको लक्ष्यलाई पुरा स्थानीय तहले पनि सहयोग गर्छ ।”
सर्लाही जिल्लामा ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याविट्याटको सहयोगमा पूर्ण सरसफाइ परियोजना संचालन गरिरहेको बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीका अनुसार ३ वटा स्थानीय तहका १७ वटा वस्तीमा नमुना सरसफाइ वस्ती निर्माणका लागि परियोजनाले प्रयास गरिरहेको छ । “नमुना टोलका घरधुरीलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण र तालिम प्रदान गरिएको छ । यस प्रकारको तालिमको फलस्वरुप स्थानीयबासीहरुमा सरसफाइ सम्बन्धी चेतनास्तरको वृद्धि भएको छ ।” कार्यकारी निर्देशक भण्डारीले भन्नुभयो “स्थानीयबासीहरुमा सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको सकारात्मक परिवर्तनले पूर्ण सरसफाइ अभियानलाई सफल पार्न मद्दत गरिरहेको छ ।”
सरसफाइ जागरण ¥यालीसँगै नमुना वस्तीको घर घरमा चर्पी र सरसफाइको अवस्था कस्तो छ भनेर टोलबासीहरु आफै मिलेर स्व–अनुगमन समेत गर्ने गरिएको छ । यसका लागि नमुना वस्तीमा विभिन्न समिति, उपसमितिहरु समेत गठन गरिएको जानकारी हरिवनका पालिका संयोजक विद्या काफ्लेले दिनुभयो । “टोलबासीहरुको घरायसी सरसफाइको अवस्थाको बारेमा अनुगमन गर्ने र सुधारका लागि व्यक्तिगत कार्ययोजना बनाउने गरिएको छ ।” काफ्लेले भन्नुभयो ।