आचार्यद्वारा खेलकुद सामग्री सहयोग

सर्लाही -बयलवास निवासी समाजसेवी मनोज आचार्यले ईश्वरपुर नगरपालिकाको विभिन्न क्लबहरुलाई आइतवार खेलकुद सामग्री सहयोग गरेका छन् । आचार्यले नगरका ६ वटा क्लबहरुलाई निःशुल्क रुपमा खेलकुद सामग्री उपलब्ध गराएका हुन् । उनले नवप्रतिभा युवा क्लब, सखुवनी युवा क्लब, फुल्जोर युवा क्लब, नवयुवा क्लब, आदर्श युवा क्लब र सूर्यजीत युवा क्लबलाई पाँचपाँच थान फुटबल र अहिले कोरोना महामारीका बेला प्रयोग गर्न मिल्ने स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराएका छन् ।

कोभिडको मारमा परेर गाउँघरमै बसिरहेका युवाहरुमा खेलकुदको माध्यमबाट सकारात्मक सोँचको विकास गर्न आफूले यस किसिमको सहयोग प्रदान गरेको समाजसेवी आचार्यले बताए ।
भक्तिपुर घर भई काठमाडौंमा व्यवसाय गर्दै आएका युवा समाजसेवी आचार्यले नगर भित्रका स्वास्थ चौकीलाई निःशुल्क औषधि दिएका थिए । लकडाउनका समयमा स्वास्थ्य चौकीहरुमा अत्यावश्यक औषधि अभाव हुन नदिन आफुले कफ सिरफ, सुगर, प्रेसर लगायत रोगका औषधि उपलब्ध गराएको आचार्यले बताए ।
समाजसेवी आचार्यले यसअघि पनि सोही नगरपालिकाका स्वास्थ्य संस्थाहरू र जिल्लाकै लालबन्दी नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई अक्सिजन जेनेरेट मेसिन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका थिए । त्यस्तै उनले कोरोना भाईरसको संक्रमणबाट बचाउन जिल्लाका सबै एम्वुलेन्स चालकहरुलाई पर्सनल प्रोटेक्टिव ईकुपमेन्ट९पीपीई० प्रदान गरेका थिए ।

संकटको बेला नागरिकको स्वास्थ्यमा ध्यान दिनु सबै सचेत नागरिकको दायित्व भएको भन्दै उनले कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला विशेष गरि वृद्धवृद्धा तथा बालबालिकालाई संकट आउन नदिन औषधि उपलब्ध गराएको जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।