सर्लाहीकाे हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालपोतका कर्मचारीसहित १३ जनामा कोरोना संक्रमण

सर्लाहीको हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालपोतका १ जना कर्मचारी समेत गरी १३ जनामा कोरोना भाइरसको संक्रमण देखीएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकुमा आज दिउँसोसम्म हरिवनबाट पठाइएको ४११ जनाको थ्रोट स्वाब परीक्षण गरेर सकिँदा १३ जनाको पोजिटिभ रिपोर्ट आएको नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिए । संक्रमितहरुको खोजी गरी हरिवन नगरपालिका–११ बासाटोलस्थित निर्माणाधीन नगरपालिकाको भवनमा ल्याएर बेग्ला बेग्लै आइसोलेटेड गरेर राखिने नगर प्रमुख प्रसाईले बताएका छन् ।

समुदाय स्तरमै कोरोनाको संक्रमण पाइएपछि अब थप सतर्कता अपनाउनु पर्ने उनले आग्रह गरेका छन् । हरिवनको भन्दा अघि नै लालबन्दीबाट पठाइएको थ्रोट स्वाबको भने अझै रिपोर्ट आएको छैन् ।

लालबन्दीबाट गत शनिवार ६१ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र सोमवार १२३ जनाको हेटौंडास्थित ल्याबमा स्वाब पठाइएको थियो । यत्तिका दिनसम्म रिपोर्ट नआउँदा स्वाब दिएकाहरु निराश भएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।