सर्लाहीमा भोलीदेखि एकसाता ‘ लकडाउन ’

कोरोना भाइरसको संक्रमणबाट समुदायलाई बचाउन भन्दै जिल्ला प्रशासन कार्यालयले सर्लाही जिल्लाभर भोली बाट ७ दिनका लागि अत्यावश्यक बाहेकका सेवा तथा आवतजावत रोक लगाउने निर्णय गरेको छ ।

छिमेकी जिल्लाहरुमा कोरोना भाईरसका संक्रमितहरु ह्वात्तै बढिरहेको र सर्लाहीमा भने १५ दिनदेखि परीक्षण नै हुन नसकेकाले समुदायमा भुसको आगो जस्तो भित्रभित्रै कोरोना भाईरस फैलिएको हुन सक्ने आशंका सहित तत्काललाई अत्याबश्यक बाहेकका काम बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘अत्यावश्यक बाहेकका काम रोक्ने आदेश भएकाले यसलाई लकडाउनको रुपमा पनि बुझ्दा हुन्छ’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘जिल्लाका सबै पालिका प्रमुखहरुले पनि कडाई नगरे स्थिती भयावह हुने भन्दै त्यस्तो आदेश जारी गर्न आग्रह गरिरहनु भएको थियो, त्यस्तै जिल्लाका २० वटै पालिकाहरुले नै तत्काल समुदायको बढी भिडभाड हुने स्थानमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी लगायत कम्तिमा ३०० जनाको स्वाब संकलन गरेर परीक्षण गर्ने समेत विपद व्यवस्थापन समितिको बैठकले दुई दिनअघि नै निर्णय गरिसकेको छ ।’

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो जारी गरेको सूचनामा भनिएको छ । तर सरकारी कार्यालयहरु भने खुल्लै रहने प्रजिअ पौडेलले जानकारी दिए । सार्वजनिक स्थानमा सर्वसाधारणको भिडभाड र आवतजावतमा ह्वात्तै वृद्धि भएकाले त्यसलाई रोक्नका लागि पनि आदेश जारी गर्नु परेको प्रजिअ पौडेलको कथन छ ।

सर्लाहीमा हालसम्म ७२१ जना कोरोना भाईरसबाट संक्रमित भईसकेका छन् । जसमध्ये ६८८ जना निको भएर घर फर्किसकेका छन् भने ३० जना सदरमुकाम मलंगवा स्थित नर्सिङ कलेजको आईसोलेसन तथा ३ जना जिल्ला बाहिर आईसोलेसनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालयको आदेश

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।