नेकपा अध्यक्षले पुरातत्वको टोली वोलाए

सर्लाही
नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका अध्यक्ष रेबती पन्तले सर्लाहीको मूर्तिया क्षेत्रमा पुरातत्व विभागको टोली ल्याएर अध्ययन गराउने वताउनुभएको छ । हरिपुर नगरपालिका वार्ड नम्वर १ हजारिविगाहमा पोखरी खन्दै गर्दा भेटिएको पुरातात्विक महत्वको आकृतिहरु अवलोकन पछि पन्तले यस्तो वताउनु भएको हो ।
मूर्तिया क्षेत्रको धेरै स्थानमा यस्ता पुरातात्विक महत्वका वस्तुको खोजी जरुरी भएकाले आफुले पुरातत्व विभागलाई आउन आग्रह गरेको उहाँले वताउनुभयो । उहाले एक साता भित्रै पुरातत्व विभागको टोली आउने पनि दावी गर्नुभयो ।
पोखरी खन्ने क्रममा नजिकै रहेको माटोको ढिस्को सम्याउने क्रममा तीन तला भएको शिवलिंग र अन्य आकृतिका सामाग्री भेटिएका स्थानीय डोम वहादुर थापाले जानकारी दिनुभयो । पोखरी नजिक भेटिएका मुर्तिहरु अवलोकन आउनु भएका पन्तले स्थानीयवासीलाई सम्वोधन गर्दै त्यस क्षेत्रमा देखिएको विद्युत, वाटो र अन्य समस्या समाधान गर्न पनि आफु लागि पर्ने वताउनुभएको नेकपाका नेता चूडामणि वाग्लेले वताउनुभयो ।
मुर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर छ भने विभिन्न स्थान उत्खननको क्रममा पुराना धार्मिक सामाग्री भेटिने गरेका छन । पोखरी खन्ने क्रममा भेटिएको शिवलिंग र अन्य आकृतिलाई सुरक्षित गर्दै आफुहरुले पुजाआजा सुरु गरेको चक्रेश्वर महादेव मन्दिर संरक्षण समितीका अध्यक्ष रिषी महतोले जानकारी दिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।