सर्लाहीमा भोलीबाट लकडाउनलाई कडाईका साथ लागू गरिने

सर्लाहीमा स्थानीय प्रशासनले भोलि ( सोमबार ) बिहानबाट ७ दिनसम्म निषेधाज्ञा जारी गरेको छ । गत बुधबारबाट ७ दिनका लागि हाटबजारलाई कडाई गर्दै आदेश जारी गरेको स्थानीय प्रशासनले आईतबार भने सबैखाले सरकारी एवं गैरसरकारी कार्यालय, औषधी पसल लगायत अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु समेत बन्द गर्ने र अत्यावश्यक काम बाहेक सर्बसाधारणलाई घर बाहिरै निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर ( सीसीएमसी ) को आइतवार दिउँसो सदरमुकाम मलंगवामा बसेको बैठकले निषाधाज्ञा नै जारी गर्न सिफारिस गरेपछि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम साउन २६ गते सोमबार बिहान ६ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

परीक्षणको दायरा बढाइएसँगै मलंगवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदाय स्तरमै संक्रमण फैलिसकेको सीसीएमसी को बैठकले ठहर गरेको छ । यसै सन्दर्भलाई दृष्टिगट गर्दै कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा थप हुन नदिन निषेधाज्ञा नै जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रजिअ पौडेलका अनुसार भोली सोमबारबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । खाद्यान्न र तरकारी पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने, स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

आईतबार बसेको बैठकले अबदेखि आरडीटी टेष्टमा पूर्ण रुपमा रोक लगाउने, क्वारेन्टिनमा बसेका व्यक्तिहरुको ५ देखि ७ दिन पूरा भएपश्चात अनिवार्य रुपमा पीसीआर टेष्ट गराउने निर्णय गरेको प्रजिअ पौडेलले बताए । त्यसैगरी भारतबाट जिल्ला प्रवेश गर्न खोज्ने व्यक्तिहरुलाई कडाईका साथ नियमन गर्ने, प्रवेश गरिसकेकाहरुलाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा पठाउने र सीमाबाट प्रवेश गरेकाहरुको सङ्ख्या विष्लेषणको आधारमा आवश्यक थप क्वारेन्टिनको व्यवस्था गर्न मलंगवा नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

सर्लाहीमा कोरोना संक्रमणबाट सर्लाहीका दुईजनाको मृत्यु भईसकेको हल्ला चलेपनि आधिकारिक रुपमा एकजनाको मात्र मृत्यु भएको जानकारी आएको प्रजिअ पौडेलले जानकारी दिए । ‘एकजनाको भारतमा मृत्यु भएको भन्ने खबर चाँही सुनेका छौं तर आधिकारिक जानकारी नआएकाले दुई जनाको मृत्यु भन्न मिलेन’, प्रजिअ पौडेलले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार गरेको पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार ४ जना थपिएसँगै सर्लाहीमा ८१४ जनामा संक्रमित पुगिसकेका छन् ।

यस्तो छ जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको निषेधाज्ञा आदेश

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।