नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५७६० पुगेको छ । जस्मा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् ।

जस्मा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ ।

निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको छ ।

यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।