सर्लाहीमा आज ६ जना संक्रमित थपिए

सर्लाहीमा आज थप ६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा पीसीआर विधीबाट स्वाब परीक्षण गराउँदा हरिपुर नगरपालिकाका ५ जना र बरहथवा नगरपालिकाका १ जनामा संक्रमण पुष्टी भएको हो । छिमेकी मुलुक भारतबाट आएर सम्वन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाहरुमा संक्रमण पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

आइतवार थपिएका ६ जना समेत गरी सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । सर्लाहीका अधिकांश कोरोना संक्रमित भारतबाट फर्किएकाहरु छन् । हिजोआज भने भारतबाट आउनेको संख्या निकै न्यून रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

सर्लाहीमा एकैदिन ६÷७ सय सम्म मानिस भारतबाट आएका भएपनि अहिले भने त्यो संख्या कम रहेको छ । प्रजिअ जिसीले शनिवार दिनभर र राती समेत गरी १७ जना भारतबाट जिल्ला भित्रिएका बताउनुभयो । सर्लाहीमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि कम हुँदै गएको छ । अहिले ८ सय जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् ।

दुई साता भन्दा बढी क्वारेन्टाइनमा बसेकाहरुलाई होम क्वारेन्टाइन बस्न आग्रह गर्दै घर पठाउन थालिएको छ । यस्तै सर्लाहीबाट स्वाब संकलन गरेर परीक्षण गर्न टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएकोमध्ये अब झण्डै पाँच सय जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारीले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।