आज सर्लाहीमा १२ जना संक्रमित थपिए, संक्रमितको संख्या ४८१
सर्लाहीमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरण अनुसार अहिले साँझ सम्ममा सर्लाहीमा १२ जना संक्रमित थपिएका पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
प्रजिअ जिसीका अनुसार पीसीआर विधीबाट स्वाब परीक्षण गराउँदा बागमती नगरपालिकाका १, बसबरिया गाउँपालिकाका १, हरिवन नगरपालिकाका २, ईश्वरपुर नगरपालिकाका ४ र विष्णु गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पाइएको हो । शनिवारका १२ जना मध्ये २ जना मलंगवास्थित नर्सिङ कलेजको आइसोलेसनमा बसिरहेकाको दोस्रो पटक स्वाब परीक्षण गराउँदा पनि पोजेटिभ नै रिपोर्ट आएका व्यक्तिहरु रहेका प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।
सर्लाहीमा शनिवार सम्म गरी कोरोना संक्रमितको संख्या ४८१ पुगेको छ । सुक्रवार जिल्लामा ५८ जना संक्रमित थपिएका थिए । विष्णु गाउँपालिकामा १०, हरिपूर्वा नगरपालिकामा ५, बसबरियामा ४, ईश्वरपुर नगरपालिकामा ३, सबै भन्दा धेरै हरिवन नगरपालिकामा २९, पर्सा गाउँपालिकामा २, ब्रम्हपुरी गाउँपालिकामा २ र कौडेना गाउँपालिकामा ३ जना संक्रमित थपिएका थिए । पछिल्लो तीन दिनदेखि हरिवनमा दैनिक संक्रमित फेला परिरहेका छन् ।
लालबन्दी बाहेक सर्लाहीका सबै पालिकाहरुमा कोरोना संक्रमित फेला परिसकेका छन् । जिल्लामा दिनहुँ संक्रमित बढ्दै गएपछि आइसोलेसन बेडको अभाव बढ्दै गएको छ । संक्रमितहरुलाई सम्वन्धित पालिकाहरुमै आइसोलेसन कक्ष निर्माण गरेर राख्न थालिएको छ । यस्तै जिल्लाका विभिन्न स्थानबाट स्वाब संकलन गरी टेष्ट गर्न पठाएको धेरै दिन भइसक्दा समेत रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसिरहेकाहरु निराश भएका छन् ।
रिपोर्टमा ढिलाई हुँदा कतिपय ठाउँमा क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित नै हुन थालेका छन् । जति पर्खिदा पनि पीसीआर रिपोर्ट नआएपछि केही ठाउँमा आरडीटीकै भरमा क्वारेन्टाइनमा बसिरहेकाहरुलाई घर पठाउन बाध्य भएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । तर पीसीआर परीक्षण नगराई त्यसरी घर पठाईदिँदा समुदाय स्तरमा कोरोना संक्रमण फैलिने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । केही दिन अघि हरिवन नगरपालिकाले आरडीटीको भरमा छाडेकाहरुमा पीसीआर विधीबाट परीक्षण गर्दा कोरोना संक्रमण पाइएको थियो ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।