सर्लाहीमा ६० जना पत्रकारलाई एक लाखसम्मको कोरोना बीमा
कोरोना भाईरस (कोभिड(१९) बाट नेपालमा पनि सञ्चारकर्मीहरु संक्रमित हुन थालेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा सर्लाहीको मलङ्ग्वा नगरपालिकाले जिल्लाका ६० जना सञ्चारकर्मीहरुको कोरोना विमा गरिदिएको छ ।
नगरपालिकाले नेपाल पत्रकार महासंघ सर्लाही शाखामा आवद्ध रहेका ४१ जना सञ्चारकर्मी र सर्लाहीस्थित विभिन्न सञ्चार गृहमा कार्यरत रहेका १९ जना सञ्चारकर्मी गरि जम्मा ६० जना सञ्चारकर्मीहरुकोे विमा गरेको हो ।
१ लाख बराबरको रकम जिल्लाका ६० जना सञ्चारकर्मीहरुको विमा गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी दिए । विमाका लागि आवश्यक सम्पुर्ण रकम मलङ्ग्वा नगरपालिकाले सहयोग गरेको हो ।
विमा गरेका सञ्चारकर्मीहरुलाई कोरोना संक्रमण देखिएमा विमा बापतको विमांक रकम प्राप्त हुने बताइएको छ । विमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सह– सचीव सत्य प्रकाश यादव (एसपी यादव) ले बताएका छन् ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।