सर्लाहीमा आज १२० जना संक्रमित थपिएको पुष्टी, योसँगै ३६९ पुगे
सर्लाहीमा आज मात्रै १२० जना कोरोना भाईरसका संक्रमित थपिएको पुष्टी भएको छ । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त जानकारी अनुसार सोमबार मात्र सर्लाहीमा १२० जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । प्रजिअ जिसीका अनुसार सोमबार पुष्टी भएकामा ब्रम्हपुरी गाउँपालिका ४३, विष्णु गाउँपालिका ३४, ईश्वरपुर नगरपालिका १८, चक्रघट्टा गाउँपालिका १५, बलरा नगरपालिका ९ र रामनगर गाउँपालिकाका १ जना रहेका छन् । थपिएका १२० जना कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको प्रजिअ जिसीले जानकारी दिए । चक्रघट्टा गाउँपालिकामा आईतबार नै जनकपुरबाट १४ जना पोजेटिभ भन्ने खबर आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौबाट सोमबार १५ जनामा पोजेटिभ पुष्टी भएको खबर आएको हो ।
सोमबार थपिएका पालिकाहरुमध्ये विष्णु, ब्रम्हपुरी र बलरा भारतीय सिमावर्ती पालिका हुन् भने अन्य पालिकाहरु केही उत्तरतर्फका हुन् ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।