सर्लाहि को हरिवनमा संकलन गरिएको ४० जना मद्य ३५ जनाको स्वाब रिपोर्ट नेगेटिभ, ५ जनाको आउन बाँकी

सर्लाहीको हरिवन नगरपालिका स्थित क्वारेन्टिन स्थलबाट गत बुधबार दिउँसो संकलन गरिएको ४० जना मध्ये ३५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज [सोमबार] बिहान सार्वजनिक गरेको नतिजा अनुसार ३५ जनाको रिपोर्ट नेगेटिभ आएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईँले जानकारी दिए ।

।गत मंगलबार उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हाल हरिवनको नयाँरोडमा डेरा गरी बस्दै आएका एक ३५ वर्षीय पुरुषलाई कोरोना भाईरस पुष्टी भएपछि उनी डेरा बसेको घरमा बस्दै आएका १५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको थियो । उक्त घरको पहिलो तलामा सटरहरु रहेको र दोस्रो तल्लामा संक्रमित पुरुष र उनकी श्रीमति सहित एक छोरा र छोरी तथा अन्य कोठाहरुमा थप ७ जना भाडामा बस्दै आएका थिए । तेस्रो तल्लामा भने घरधनीका ४ जना बस्दै आएका थिए । दोस्रो तल्लामा भाडामा बस्ने एक चालकको सम्पर्कमा रहेकाले बागमती घरमा बस्ने गरेका एक सहचालकको समेत स्वाब परीक्षणका लागि निकालिएको

त्यस्तै संक्रमित चालकले चलाउने ट्रकधनी सासापुर तिनघरे निवासी पूरुषको पनि स्वाब पठाएको थियो । तरकारी ओसार्ने ट्रक चलाउने ती चालकलाई ट्रकधनीले ट्रक उनको घरमा थन्काएपछि नियमित रुपमा मोटरसाईकलमा राखेर नयाँरोडसम्म पु¥याउने र पुनः लिन जाने गरेकाले उनको पनि स्वाब परीक्षण गरिएको हो । मेयर प्रसाईँका अनुसार हरिवनका सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित चालकलाई भने उपचारका लागि मंगलबार साँझ नै जनकपुर स्थित प्रादेशिक अस्पताल पठाईएको छ ।गत मंगलबार उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हाल हरिवनको नयाँरोडमा डेरा गरी बस्दै आएका एक ३५ वर्षीय पुरुषलाई कोरोना भाईरस पुष्टी भएपछि उनी डेरा बसेको घरमा बस्दै आएका १५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको थियो । उक्त घरको पहिलो तलामा सटरहरु रहेको र दोस्रो तल्लामा संक्रमित पुरुष र उनकी श्रीमति सहित एक छोरा र छोरी तथा अन्य कोठाहरुमा थप ७ जना भाडामा बस्दै आएका थिए । तेस्रो तल्लामा भने घरधनीका ४ जना बस्दै आएका थिए । दोस्रो तल्लामा भाडामा बस्ने एक चालकको सम्पर्कमा रहेकाले बागमती घरमा बस्ने गरेका एक सहचालकको समेत स्वाब परीक्षणका लागि निकालिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।