सर्लाही निवासी बारामा कार्यरत सईलाई काेराेना पाेजेटिभ
सर्लाही घर भई हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थप एक जना सुरक्षाकर्मीमा कोरोना भाईरस पाेजेटिभ देखिएकाे छ ।
सर्लाहीकाे हरिपुर नगरपालिका-७, पचकछिया निवासी ४९ वर्षीय नेपाल प्रहरीका नायब निरीक्षककाे आईतबार आएकाे नतिजा अनुसार काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । जिल्ला प्रहरी कार्यालय बारा कलैयाकाे मुद्दा फाँटमा कार्यरत उनी तीन महिनायता घर नआएकाे बुझिएकाे सर्लाही प्रहरी स्राेतले जनाएकाे छ । उनलाई आईतबार दिउँसाे नै कलैया अस्पतालकाे आईसाेलेसनमा पठाईएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले उज्यालाे अभियानलाई जानकारी दिए ।
यसअघि बारा प्रहरीकाे मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि उनकाे कन्ट्याक ट्रेसिङको आधारमा ती सईकाे पनि स्वाब परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षणका लागि पठाउने वितिकै सुरक्षाकर्मीका लागि बनाईएको बालमन्दिर क्वारेन्टिनमा राखिएकाे उनलाई अहिले भर्खर कलैया अस्पतालकाे आईसाेलेसनमा पठाईएकाे प्रउ पंगेनीले उज्यालाे अभियानलाई बताए ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।