सर्लाहीका संक्रमित आईसाेलेसनबाटै फरा

प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसनमा राखिएका सर्लाहीका एक कोरोना भाईरस संक्रमित आज (आईतबार) फरार भएका छन् ।

सर्लाहीको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय संक्रमित जनकपुर स्थित आईसोलेसनबाट भागेका हुन् । मानसिक रोगका बिरामी समेत रहेका ती पुरुषलाई गत मंगलबार राती जनकपुर पठाईएको थियो ।
दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले आईतबार बिहान अस्पतालको आईसोलेसन कक्षबाट ती संक्रमित भागेको उज्यालो अभियानलाई बताए । ‘मानसिक रोगका समेत बिरामी रहेका उनलाई निगरानी गर्न कोठामा सीसी क्यामेरा समेत राखिएको थियो’, डिआईजी सिंहले भने, ‘तर सीसी क्यामेरा नै फुटाएर भागेछन् ।’ उनको खोजी कार्य व्यापक बनाईएको डिआईजी सिंहले जानकारी दिए । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।