संक्रमणबाट बचाउन ९ प्रसुती केन्द्रहरुलाई स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु वितरण

सर्लाही, अस्ट्रेलियन सरकार तथा आड्रा नेपालको सहयोगमा वागमती सेवा समाज नेपाल सर्लाहीद्वारा कोबिड १९ संक्रमण रोकथामका लागि सर्लाही जिल्ला स्थित ९ प्रसुती केन्द्रहरुमा स्वास्थ्य तथा स्वच्छता सामग्रीहरुको सहयोग हस्तान्तरण गरिएको छ ।


वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, कार्यक्रम प्रबन्धक दिवाकर झा लगायत अन्य कर्मचारीहरुको उपस्थितीमा सामाजिक दुरी कायम राख्दै सिमरा, बगदह, सुन्दरपुर, सिसौटिया, सेखौना बरहथवा, पिपरिया, लक्ष्मीपुर र सासपुर प्रसुती केन्द्रका लागि ३ लियरको सर्जिकल मस्क १५०० थान, हेण्ड स्यानीटाइजर ५०० मि. लि. ५० बोटल, पी.पी.इ. ४० थान, हेण्डग्लब्स ५००० थान सामग्रीहरु सम्बन्धीत प्रसुती केन्द्रका प्रमुखलाइ सम्बन्धित केन्द्रमा नै गइ हस्तान्तरण गरिएका छन् । यस्ता सामग्रीहरुको उपलब्धताले कोबिड १९ संक्रमणका बिरुद्ध लड्न यस्ता सामग्रीहरुले सहयोग पुग्ने बिश्वास सम्बन्धित प्रसुती केन्द्रका प्रमुखले बतायका छन् । यस विपदको घडीमा बागमती सेवा समाज तथा आड्रा नेपालले पटक(पटक स्वास्थ्य क्षेत्रमा सहयोग पुरयायकोले उच्च सम्मानका साथै कोभिड १९ बिरद्धको लडाई अब शुरु भयकोले निरन्तर रुपमा सहकार्य गर्नु पर्ने अपरिहार्य भएको बिचार पनि प्रकट गरिएको छ ।


प्रसुती केन्द्रमा २४ सै घण्टा सेवा गर्ने स्वास्थ्यकर्मी कोरोना भाइरसको कारण असुरक्षित रहेकोले र यसमा कसैको पनि ध्यान नपुगेको तथा कोरोना भाइरसको कारण स्वास्थ्यकर्मी नै असुरक्षित रहेकाले सर्लाही जिल्लाका प्रसुती केन्द्रमा ३० देखि ५० प्रतिशत प्रसुती गराउन कमि आयकोले यस्तो सामग्री सहयोगबाट प्रसुती केन्द्र सम्म आउन मदत पुग्ने कुरा कार्यकारी निर्देशक निरज भण्डारी बतायका छन् ।


आड्रा नेपालले यस अघि सर्लाही जिल्लाका सेखौना, सिमरा, सुन्दरपुर, बगदहमा नया प्रसुती भबन निर्माण र सिसौटिया, पिपरिया, लक्ष्मीपुर, अचलगढ़, डुमरिया र गौरिशंकर प्रसुती केन्द्रमा मर्मत सम्भार र उपकरण सहयोग गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।