सर्लाहीकी १८ वर्षीया युवतीमा काेराेना भाईरस पाेजेटिभ

सर्लाही निवासी अर्की एक युवतीमा काेराेना भाईरस (काेभिड-१९) पाेजेटिभ देखिएकाे छ ।

अाज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेकाे विज्ञप्ति अनुसार सर्लाहीकाे दक्षीणी क्षेत्र स्थित रामनगर गाउँपालिका-४ कि १८ वर्षीया युवतीमा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । याे सँगै सर्लाहीमा काेराेना भाईरस पाेजेटिभका विरामी २ जना पुगेका छन् । यसअघी हरिपुर्वा नगरपालिकाका ४५ वर्षीय पुरुषमा काेराेना भाईरस देखिई सकेकाे छ ।

याे पनि पढ्नाेस्

सर्लाहीमा मानसिक रोगका बिरामीलाई कोरोना भाईरस

पछिल्लाे रामनगरकी युवतीले अाफै टेकु अस्पतालमा पुगेर पीसीअार टेष्ट गराएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी माेहनबहादुर जिसीले जानकारी दिए । “ति युवति अाफै टेकुमा पुगेर स्वाब परीक्षण गराएकाे स्वास्थ्य मन्त्रालयबाट जानकारी अाएकाे छ”, प्रजिअ जिसीले भने, “स्वाब परीक्षणका लागि कहिले काेसँग टेकु गएकाे हाे वा उतै बस्ने गरेकाे लगायत ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास गरिरहेका छाैं ।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।