नेपाल कम्युनिस्ट पाटी नेकपा निकट सर्लाही काठमाडौ सम्पर्क मचको समिक्षा बैठक सम्मपन भयको छ । मञ्चले तत्कालीन विषम परिस्थीतीको विषयमा छलफल गरेको छ । विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको विरुद्धमा जारी लक डाउन,लक डाउनका कारण उत्पन्न समस्या र त्यसको समाधान साथै छिमेकी देश भारतको वैदेशिक हस्तक्षेप लगायतका विषयमा काठमाण्डौँमा छलफल गरेको हो ।
मञ्चका प्रदेश कमिटी सचिवालय सदस्य सन्तोष दाहालको अध्यक्षता तथा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा भएको छलफलमा लक डाउनको समयमा हुँदा खाने अति विपन्न,गरीब परिवारलाई राहत,लक डाउनका कारण अलपत्र परेका जिल्लाबासीलाई उद्धार,जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य सामाग्री वितरण लगायतका विषयमा छलफल भएको नेकपाका नेता केदार मैनालीले जानकारी दिनु भयो ।
देशव्यापी रपमा जारी गरिएको लक डाउनका कारण देशका विभिन्न स्थानमा बसेर विभिन्न पेशा तथा व्यावसाय गरेका र लक डाउनका कारण घर फर्किन नपाएको करिब १ हजार ७ सय जनाको उद्धार गरि गाउँ फर्काएको, हुँदा खाने अति विपन्न गरीबहरु गरी ९ सय ९७ परिवारलाई खाद्यान्न सहयोग गरेको सम्पर्क मञ्चले जनाएको छ ।विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट संकलन भएको करिब ५ लाख नगदको वितरणको अवस्था,राहत स्वारुप वितरण गरिएको खाद्यान्न लगायतका विषयमा छलफल भएको नेता मैनालीले जानकारी दिनु भयो ।
गन्तव्यमा जान हिडेका वा जान नपाएका जिल्लाबासी नागरीकहरुलाई सवारी साधनको व्यावस्था गरि सम्पर्क मञ्चले आ आफ्नो घरसम्म पुर्याउने व्यावस्था गरेको जनाएको छ ।
नेता मैनालीले नेकपा सर्लाहीको आह्वानमा सम्पर्क मञ्चको तर्फबाट समन्वयकारी भुमिका निर्वाह गर्नू भएको थियो । साथै बिध्यार्थी नेता सुनिल श्रेष्ठ समाज सेबि श्याम श्रेष्ठ लगाय को उपस्तिथि रहेको थियो