पुर्व रक्षामन्त्री उप्रेतीले गरे वडा कार्यलय उद्घाटन

सर्लाही
हरिवन नगरपालिका को वडा न.९ को वडा कार्यलय पुर्व रक्षामन्त्री हरि उप्रेतीले संयुक्त रुपमा उद्घाटन गरेका छन।

बिगत केही वर्ष देखि कार्यलय भाडाको घरमा संचालन हुदै आएको थियोे ।अब भने आफ्नै नवनिर्मित सुबिधा सम्पन्न भवनबाट सेवाहरु सुचारु गरिने भएको छ।

कार्यक्रमको अध्यक्षता कोकिला नन्द उप्रेती गर्नु भएको थियोे भने प्रमुख अतिथिको रुपमा पुर्व रक्षामन्त्री हरि उप्रेती हुनुहुन्थ्यो भने प्रदेश सभा सदस्य मा जवाहर लाल कुशुहवा, हरिवन नगर प्रमुख  रमेश बुढाथोकी, उप प्रमुख हरि माया घलान, पुर्व प्रदेश सभा सदस्य  डिल्ली प्रसाद उप्रेतीज्युको विशिष्ट आतिथ्य तथा पुर्व वडा अध्यक्ष सिताराम पोखरेल विभिन्न राजनीतिक दल, जग्गा दाता, सामाजिक व्यक्तित्वाहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम जग्गा दाता शुभद्रा के सि र देवगेन्द्र के सी लाई दोसल्ला ओडायर सम्मान गरिएको थियोे भने कार्यक्रम संचालन विद्यार्थी नेता बिनोद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया