निर्वाचित महिला जनप्रतिनिधिहरुको जिल्ला संयोजकमा राउत सर्वसम्मत

सर्लाहीको हरिवन नगरपालिका भएको कार्यक्रममा गिता राउत संयोजकमा सर्वसमत चयन हुनु भएको छ।

हरिवन नगरपालिका वडा न.११ स्थित सम्राट होटलमा माण्डविका कार्यक्रम अधिकृत मनिल श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रम जिल्ला भरीका निर्वाचित वडा महिलाहरुको भेलाले गिता राउतलाई सर्वसम्मत संयोजक बनाएको छ । उक्त कार्यक्रमम ५ वटा पालिकाको २५ जना महिला प्रतिनिधिहरुको भेला रहेको थियो । सह संयोजकमा भने मनिता चौधरीलाई हलले सर्वसमत छानेको छ।

संस्थाको सहजकर्ता रमा पौडेलले समितिको काम कर्तव्य र अधिकार को बिषयलाई करिब १ घण्टा को कक्षा संचालन गर्नु भएको थियो । यस संस्थाले सर्लाहीका ५ वटा पालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई क्षेमता बिकास को विभिन्न कामहरु गर्दै आएको रिंकु कुमारी चौधरीले जानकारी दिनुभयो

आइफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग ९एसडिसी० र अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र माण्डवीको आयोजनामा सर्लाहीका ५ पालिकामा लामो समय देखी काम गर्दै आयको छ।

प्रतिक्रिया