एमालेकाे, मधेश प्रदेश स्तरीय प्रचार भेला आज सर्लाहीको लालवन्दीमा हुदै

नेकपा एमाले, मधेश प्रदेश स्तरीय प्रचार भेला आज सर्लाहीको लालवन्दीमा हुदैछ । भेलामा नेकपा एमालेसँग सम्वन्धित प्रचार र संचार माध्यमका १ सय ५० भन्दा वढिको सहभागिता रहने प्रदेश प्रचार विभाग सचिव चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
बस्तिपुर चोक स्थित होटल आर्या इनमा आयोजना गरिएको भेलालाई पार्टी केन्द्रीय सचिब एबं मधेस प्रदेश ईन्चार्ज क. योगेश भट्टराई, पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, प्रचार विभाग सचिव गगन विष्ट, मधेश प्रदेशको लागि केन्द्रीय प्रचार संयोजक अरविन्द सिंह, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत लगायतले सम्बोधन गर्नुहुनेछ ।
मधेश प्रदेश भित्र पार्टीको प्रचार कार्यलाई व्यवस्थित गर्न भेलाले महत्वपुर्ण निर्णय लिने प्रचार विभाग सचिव वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया