उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रण गर्न माग

हरिवनका स्थानीय वासिन्दाले चिनी मिलबाट भइरहेको प्रदुषण नियन्त्रण गर्न आवाज उठाएका छन् । इन्दुशंकर चिनी मिलबाट हुने धूलो, धुँवाको प्रदुषण रोक्न माग गर्दै हरिवनमा बर्सेनि आन्दोलन हुनेगर्छ । यो पटक पुनः स्थानीयहरुले इन्दुशंकर चिनी उद्योग दुर्गन्ध नियन्त्रण आन्दोलन परिचालन कमिटी गठन गरेर उद्योगको प्रदुषणबारे बोलेका हुन् ।
उद्योगबाट आउने धूलो, धुँवा तथा दुर्गन्धले आफूहरु रोगी हुनुका साथै घर–गाउँमा बस्नै नसक्ने अवस्था रहेको भन्दै यसलाई रोकी दिन माग गर्दै स्थानीयहरुले उद्योग प्रशासनसँगै हरिवनमा रहेका ईलाका प्रशासन कार्यालय हरिवन र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
हरिवन नगरपालिकालाई समेत बोधार्थमा राखेर बुझाइएको ज्ञापन पत्रमा चिनी उद्योगले गर्दा बालबच्चा तथा वृद्धवृद्धाहरुमा टाउको दुख्ने, वाकवाक लाग्ने, खाना खान मन नलाग्ने जस्ता स्वास्थ्य समस्या देखिएको, धेरै झिँगा र लामखुट्टे लाग्ने गरेको, करेसा बारीमा सागपात फलाउन नपाएको, फोहोर र दुर्गन्धले परपाहुना बोलाउन नपाएको जस्ता ८ वटा बुँदाका गुनासा राखिएका छन् ।
प्रदुषण रोक्न एक साताभित्र पहल नभए चिनी उद्योगविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिने स्थानीयहरुले चेतावनी दिँदै आएका छन् । स्थानीयहरुको आन्दोलनपछि उद्योगले क्रमैसँग प्रदुषण नियन्त्रण गर्दै जाने सहमति बर्सेनि हुँदै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।