चेतबहादुर खड्काले १ लाख ९६ हजार रुपैयाँ भाडा नलिने घोषणा गरे

सर्लाहीको हरिवन नगरपालिका–११, का चेतबहादुर खड्काले एक महिनाको भाडा मिनाहा गरेका छन् ।

उनले हरिवन बजारस्थित खड्का मार्केटमा रहेका २८ वटा सटरको प्रति सटर ७ हजारका दरले १ लाख ९६ हजार रुपैयाँ भाडा नलिने घोषणा गरे । उद्योग वाणिज्य संघ हरिवनको पहल तथा हरिवन नगरपालिकाको समन्वयमा खड्काले लकडाउनलाई मध्यनजर गर्दै एक महिनाको सटर भाडा छुट गरिदिएपछि ती सटरमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीले राहत महसुस गरेका छन् ।

विपतीको समयमा सटर भाडा मिनाहा गरी असल घरबेटीको व्यवहार प्रस्तुत गरेको भन्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ सामुदाइक रेडियो सर्लाहीका अध्यक्ष भरत कुमार कार्की युवा नेता कुमार बिस्ट लगायतले मंगलवार बिहान घरधनी खड्कालाई प्रत्यक्ष रुपमा भेटेर धन्यवाद ज्ञापन गरे ।

यसअघि हरिवनकै जगर्नाथ भगत कुशवाहाले हरिवन बजारस्थित कुशवाहा मार्केटमा रहेको आफ्नो ११ वटा सटरको एक महिना बराबरको ६३ हजार रुपैयाँ भाडा छुट दिएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।