हरिवन नगरपालिकाले राय सुझाव संकलन गर्यो

हरिवन नगरपालिकाले आज ९ सोमबार आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राय सुझाव संकलन गरेको छ ।

बिहान हरिवन बजार स्थित सगुन सहकारीको सभाहलमा एक कार्यक्रम गरी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव संकलन गरेको हो । नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंको अध्यक्षता एवं प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपमेयर रेणुका पौडेल, नेकपा हरिवन संयन्त्रका संयोजक राजकुमार उप्रेती, नेकपा का नेताहरु केदार मैनाली सुरेन्द्र लामा भरत कुमार कार्की नेकपा का नेताहरु केदार मैनाली सुरेन्द्र लामा भरत कुमार कार्की नेपाली कांग्रेस जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, कांग्रेस हरिवन उपसभापति डाकुरनाथ खतिवडा, नगरपालिका क्षेत्र भित्रका उद्योगी व्यापारी, शिक्षासेवी, राजनैतिक दलका नेता कार्यकर्ता, युवा विद्यार्थी, महिला नेतृहरु लगायतको आतिथ्यता रहेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडालले स्वागत मन्तव्य राखेको कार्यक्रममा चतुर्भूजेश्वर क्याम्पसका प्रमुख हरिलाल मैनाली, महादेव जनता माविका प्रधानाध्यापक जयशंकर सिंह, कृषि प्राविधिक सुरज खनाल, ट्रक व्यवसायी संघ सलाहीका पूर्व अध्यक्ष राजन केसी, विद्यार्थी नेताहरु उत्तम परियार, प्रज्वल ढुंगाना, श्रीकृष्ण उप्रेती लगायतले सुझाव मन्तव्य राखेका थिए । चित्र विश्वकर्माको संचालन रहेको कार्यक्रममा नगरपालिकाका विषयगत शाखाका कर्मचारीहरुले सुझाव संकलनहरु टिपोट गरेका थिए ।

प्रमुख अतिथि उप्रेतीले सस्तो लोकप्रियताका लागि भन्दापनि व्यबहारमा उतार्न सकिने खालको नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे । नगरपालिकाका मेयर प्रसाईंले आएका राय सुझावलाई समेट्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने प्रतिबद्धता जनाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।