सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुस रकमसहित पक्राउ

सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादव घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ उनीहरुलाई चार हजार रुपैयाँ घुस रकमसहित रङ्गे हात पक्राउ गरेको हो । लेखा अधिकृत सिंह र लेखापाल यादवलाई सेवाग्राहीलाई भुक्तानि दिँदा कमिसन स्वरुप मागिएको घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अहिले मंगलवार साँझ मुचुल्का संकलन गरी उनीहरुलाई नगरपालिका कार्यालयबाट अख्तियारको कार्यालय बर्दिवास लाने तयारी भइरहेको छ । उनीहरुलाई भोली वुधवार कारवाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल, काठमाण्डौं बर्दिवास कार्यालयका एक अधिकारीले जानकारी दिए ।

आर्थिक वर्षको अन्तिममा अहिले सर्लाहीका विभिन्न पालिकामा सम्पन्न भएका योजनाहरुको भुक्तानि लिने चटारो छ । त्यसक्रममा केही पालिकाका कर्मचारीले कमिसन मागेर हैरान पार्ने गरेका गुनासो सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।