सर्ला्हिमा छुटा छुटै दुर्घटना मा २ को मृत्यु

सर्लाहीको कविलासीमा हावा हुन्डरीले उडाएको जस्ता समाउन लाग्दा उक्त जस्ताले लागेर एक युवकको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजेतिर एक्कासि पानीसहित आएको हावाहुरीले उडाएको जस्ताले लागेर कविलासी नगरपालिका– ३ बिनगरानिवासी सोनेलाल यादवका छोरा १९ वर्षीय राजेश यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


हावाहुरीले यादवको दुईतले घरको जस्ताको छाना उडाउँदा घटना भएको हो। जस्ताले यादवको टाउको, घाँटी र पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।


हावाहुरीले जिल्लाका अन्य स्थानमा पनि क्षति पुरÞ्याएको अनुमान छ। तर, सबैतिरको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै सर्लाहीको हरिवनमा रूखको हाँगामा च्यापिएर एकजनाको ज्यान गएको छ ।सोमबार बिहान हरिवन नगरपालिका– १ कौलाशपुरी क्षेत्रको जंगलमा घाँस झार्न रूखमा चढेका सोही स्थानका ४०–४५ वर्षीय नारायणकुमार श्रेष्ठ सोही रूखको हाँगामा च्यापिएका थिए । रूखको हाँगामा च्यापिएका उनलाई तत्काल उद्धार गरी हरिवनस्थित नमुना अस्पताल र्पुयाइए पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । हाँगाले श्रेष्ठको छातीमा चोट लागेको थियो । मुचुल्का तयार गरेर मृतक श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रतिक्रिया