वागमती सेवा समाज तथा अक्सफाम द्वारा वागवानी क्वारेन्टाइनलाई स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु सहयोग

बैशाख २० गते ।
अक्सफाम नेपालसंगको साझेदारीमा वागमती सेवा समाज नेपाल हरिवन सर्लाहीद्वारा कोबिड १९ संक्रमण रोकथामका लागि जिल्ला बिपद व्यबस्थापन समिती सर्लाही द्धारा निर्माण गरिएको उष्ण प्रदेशीय वागवानी क्वारेन्टाइन लालबन्दीलाई क्वारेन्टाइनका लागि उपयोगी हुने महत्वपूर्ण स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु आज वागवानी क्वारेन्टाइन क्षेत्रमा एक समारोह आयोजना गरी हस्तान्तरण गरिएको छ ।
वागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीद्वारा, बिपद ब्यवस्थापन समिती सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि. सि.को प्रमुख आतिथ्यमा, क्वारेन्टाइनकालाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । जिल्ला बिपद व्यबस्थापन समिती सर्लाही अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि. सि.ले बागमती सेवा समाज तथा अक्सफाम नेपाललेले यस विपदका घडीमा पुरयायको योगदानको उच्च मुल्यांकन गर्दै निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्दता समेत गर्नु भयको छ । सबै स्थानीय निकायहरुले आ(आफ्नो नागरिकलाई राख्न मात्र क्वारेन्टाइन बनायको र हाम्रो खुल्ला सिमाना भयको र सिमानाबाट आवत जावत हुन सक्ने र त्यस्ता नागरिक लाइ राख्न कठिन हुनसक्ने भयकोले यसकोे आवश्यकता महसुस गरेर बनाइयको बताउनु भयो र यहा बाट २ घण्टामा राम्रो स्वास्थ्य सुबिधा भयको स्थानमा पुग्न सक्ने र अन्य जिल्लाबाट पनि स्थान्तरण गर्नु पर्ने हुन सक्ने भयकोले यसको अपरिहार्यता जरुरि भयको कुरा बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक त्यसैगरी शसत्र प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक साथै जिल्लाका नेपाली सेनाका प्रतिनिधि र वागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, ब्यबस्थापन प्रमुख गजेन्द्र साह, कार्यक्रम प्रबन्धक दिवाकर झा लगायतको उपस्थिति भयको थियो हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा हेण्ड सेनीटाइजर ५०० मि.लि. ३० बोतल, हेण्ड सेनीटाइजर १०० मि.लि. १०० बोतल, सर्जिकल मास्क ५०० थान, वासेवल तथा रियुजेवल एप्रोन २० थान, इन्फ्रारेड थर्मामिटर १ थान, के एन ९५ मास्क ५० थान, ग्लोब्स ५० थान रहेका छन् । यस अगाडी पनि बागमती सेवा समाजले यस क्वारेन्टाइनलाई विभिन्न हस्तान्तरण गरिएको थियो ।
संस्थाका कार्यकारी निर्देशक भण्डारीले कोभिड १९ बिरुद्धको लडाईमा हामी सबै एक भएर लाग्नु आजको आवश्यकता हो । श्रोत साधनहरुको उपलब्धता अनुसार वागमती सेवा समाजले प्रदेश नं. २ का प्राय सबै जिल्लाहरुका जिल्ला अस्पतालहरुमा बिभिन्न खालका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको र सर्लाही जिल्लामा ११ क्वारेन्टाइनहरु तथा स्वास्थ्य चौकीहरुमा यस्ता स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउदै जाने लक्ष्य रहेको बताउनु भयो ।
जिल्ला बिपद व्यबस्थापन समिती सर्लाहीको मातहातमा रहेको जिल्लाको एक मात्र क्वारेन्टाइन हो यस क्वारेन्टाइनहरुमा हाल २२ जना भारतीय नागरिकहरु बसिरहेका छन् भने यसको क्षमता १०० जनाको रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।