हरिवनमा (आईतवार) कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

सन्जु कर्ण, हरीवन,
सर्लाहीको हरिवनमा कर सेवा कार्यलय लालबन्दीको आयोजनामा कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
आईतवार उद्योग बाणिज्य सघ हरिवनको सहजीकरणमा नेवा सेवा समाज हरिवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिओनका उद्योगी ब्यापारीहरुको सहभागिता रहेको थियो ।

कर शिक्षा तथा अन्तरकृया कार्यक्रममा कर दाता सेवा कार्यलय लालबन्दीका प्रमुख नविन सुवेदीले सहभागिहरुलाई सहजिकरण गरेका थिए । अन्तरकृया कार्यक्रममा सहभागि उद्योगी ब्यापारीहरुले करको बिषय तथा ब्यवसाय ब्यवस्थापनको बिषयमा जिज्ञासा राखेका थिए ।

उद्योग बाणिज्य सघ हरिवनका अध्यक्ष प्रयागराज पोतेको अध्यक्षता तथा करदाता सेवा कार्यलय लालबन्दीका प्रमुख सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यलयका नायक सुब्बा सुरेन्द्र मण्डल, प्राविधिक रोशन कार्की, उद्योग बाणिज्य सघ हरिवनका उपाध्यक्ष दिनेश के सी, सचिव निरन्जन साह, सदस्य राम प्रवेश दास, दिनोद महत,नबराज धमला ,दिपक दहाल लगाएतको आतिथ्यता रहेको कार्यक्रम सचालक एव उद्योग बाणिज्य सघ हरिवनका सदस्य यूवराज भण्डारीले जानकारी दिए ।

यस क्षेत्रका उद्योगी तथा ब्यापारीहरुलाई कर सम्बन्धी शिक्षा तथा अन्तरकृयाका लागि उद्योग बाणिज्य सघ हरिवनले बर्षेनी यस्ता कार्यक्रम सचालन गर्दै आईरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।