प्रहरीले सर्लाहीको हरिवनबाट बिहीबार २ ट्रक चिनी बरामद गरेको छ ।
चामल भनी बिल काटिएको र चेकिङकाे क्रममा चिनी फेला परेको हो । उक्त चिनी एक करोड ९४ लाख बराबरको रहेको प्रहरी स्रोतले जनाएको छ । बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको २ वटा ट्रकबाट चिनी बरामद भएको हो ।
सो चिनी भारततर्फबाट ल्याई काठमाण्डौंसम्म लान लागेको हुनसक्ने आशंका छ । बरामद चिनी ९८० बोरा छ ।
सर्लाहीका एक प्रहरी अधिकारीले यस सम्वन्धमा अनुसन्धान भइरहेको र विस्तृत खुल्न बाँकी बताए । बरामद चिनी प्रहरीले भन्सार कार्यालय मलंगवामा बुझाइसकेको छ ।