सर्लाहीमा जेठ १० गते सम्मका लागि निषेधाज्ञा थप

सर्लाहीमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । नेपालमा कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा जेठ १० गते सम्म निषेधाज्ञा थप गरिएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । स्वस्थ्य सुरक्षा सञ्चार विद्युत खानेपानी, तराकारी ढुवानी लगायत अत्यावश्यक सवारी साधन भने संचालन हुने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यसैगरी स्वास्थ्य संस्था, पेट्रोल पम्प खुला रहने छन् भने खाद्यान्न फलफुल तरकारी दुध डेरी ग्यास पसल बिहान ७ बजे देखि १० बजे सम्म मात्र खोल्न पाइने छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वस्थ्य मापदण्डको पूर्ण पालना गरी बैंकहरू सञ्चालन गर्न सकिने जनाएको छ ।

डीसीसीएमसीको बैठकले सर्लाहीमा बैशाख २५ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।