पार्थिब शरीर डाक्टरलाई दिने वाग्लेको निर्णय

नेकपा एमालेका नेता चूडामणि वाग्ले

नेकपा एमालेका नेता चूडामणि वाग्लेले मृत्यु पछिको पार्थिव शरीर चिकित्साशाष्त्र अध्ययनको लागि दान गर्ने घोषणा गर्नुभएको छ । आज आफ्नो जन्म दिनको अवसर पारेर वाग्लेले फेसबुक स्टाटस मार्फत मृत शरीर दान गर्ने योजना सार्वजनिक गर्नु भएको हो ।


उहाँले आजै एक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पार्थिव शरीर दान गर्न जाने योजना भए पनि कोभिड १९ को कारण घोषणा मात्र गर्न सकेको जानकारी दिनुभयो । अवश्था अनुकुल भएपछि शरीर दानवारे एक अस्पतालसँग सम्झौता गर्ने जाने उहाँको भनाई छ । उहाले कोभिडका कारण आफुले कुरा गरेको स्वास्थ्य प्रतिष्ठानले पनि अवश्था सहज भएपछि मात्र कागजात मिलाउन आउनु भनेको वताउनुभयो ।


मृत्यु पछि शरीरलाई खरानी वनाएर फाल्नु भन्दा केही उपयोग होस भन्ने आफुलाई लागेको उहाले वताउनुभयो । कम्तीमा चिकित्साशाष्त्र अध्ययन गर्ने विद्यार्थीलाई सिक्न काम लाग्यो भने मृत्युपछि नै केही योगदान हुन्छ भन्ने वाग्लेको धारणा छ । शरीर दान गर्ने सम्वन्धमा पारिवारिक सल्लाह भएको उहाले जानकारी दिनुभयो ।
वाग्ले तुलनात्मक रुपमा इमान्दार र स्पष्ट राजनैतिक कार्यकर्ताको रुपमा चिनिनुहुन्छ । नेकपा एमालेको माधव झलनाथ समुहका जिल्ला कमिटी सदस्य उहाँ यस पहिले लामो समय पत्रकारिता गर्नुहुन्थ्यो । नेपाल पत्रकार महासंघ सर्लाही शाखा र सामुदायिक रेडियो सर्लाही हरिवनका उहाँ सस्थापक अध्यक्ष हुनुहुन्छ । केही वर्ष देखि पत्रकारिता पेशा छोडेर उहाँ पुर्ण समय राजनैतिक र सामाजिक काममा क्रियासिल हुनुहुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।