नेकपा नेता ध्रुव गौतमको निधन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता ध्रुव गौतमको निधन भएको छ । लालबन्दी नगरपालिका–१७ साहेवगंज टिकुलिया निवासी नेकपा जिल्ला कमिटी सदस्य गौतमको आज (सोमवार)मध्यान्ह आफ्नै निवासमा निधन भएको हो । ५८ वर्षीय गौतम लामो समयदेखि ब्रेन ट्यूमर रोगबाट ग्रसित थिए ।परिवारले उनलाई दुई वर्षदेखि निरन्तर उपचार गराईरहेका थिए । तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष भइसकेका गौतम २०७४ सालको निर्वाचनमा सर्लाहीको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी समेत हुन् । उनको पार्थिव शरीरलाई आजै साँझ बागमती खोलामा लगेर अन्त्येष्टि गरिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए । अध्यक्ष पन्तले आज दिउँसो एक विज्ञप्ती जारी गर्दै नेता गौतमको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विज्ञप्तीमा गौतमको निधनप्रति शोक मनाउन पार्टीले तीन दिनसम्म जिल्लाका सबै तहका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, औपचारिक रुपमा पार्टीको कुनै पनि कार्यक्रम नगर्ने, पार्टी कार्यालय तथा सार्वजनिक स्थलमा शोक पुस्तिका राखी श्रद्धान्जली व्यक्त गर्ने र १३ औँ पुण्य तिथीको दिन गौतमको निवासमा श्रद्धान्जली कार्यक्रम आयोजना गर्ने उल्लेख गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।