४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा अध्यक्ष पन्तले बहुदलीय जनबाद ब्युताउने मा जोड दिनुभयो

नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका अध्यक्ष रेबती पन्तले पार्टी भित्र थिति वसाल्न जननेता मदन भण्डारी प्रतिवादित विचार जनताको वहुदलिय जनवादलाई नै व्युताउनु पर्ने वताउनु भएको छ । बुधबार वरहथवामा पार्टीले आयोजना गरेको ४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वोल्दै अध्यक्ष पन्तले पार्टी भित्र जतिसुकै गुट उपगुट भए पनि मदन भण्डारीको विचारले सवै समस्याको किनारा लगाउने दावी गर्नुभयो ।

अध्यक्ष पन्तले पार्टीमा पहिले नीति स्थापित हुने र त्यसपछि मात्र नेता को हो भन्ने टुंगो लाग्ने भएकाले अहिले नीति विहिन नेताहरुको परिकल्पना गर्नुको अर्थ नभएको धारणा राख्नुभयो । उहाले पुष्पलालको पालामा पनि उहाँको विचार असफल वनाईएकाले रायमाझीहरुको जन्म भएको धारणा राख्नुभयो । अहिले पनि विचारमा दुविधा भएकाले पार्टीमा फुटपरस्त चिन्तनहरु देखिएको उहाँको दावी छ ।
मदनको विचार पुष्पलालकै विचारको निरन्तरता भएकोले उक्त विचारलाई पार्टीले अपनाउन कुनै समस्या नरहेको उहाले दावी गर्नु भयो । अध्यक्ष पन्तले अहिले भने पार्टीले वैचारिक वहस सुरुआत नगरेकोले पार्टीको नीति वाहिर आफु नजाने तर विचार खुल्ला भए पछि केन्द्रीय तहमा जसले वहुदलिय जनवादको झण्डा वोक्छ आफु त्यसैको पछि लाग्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्प कमल दाहाल,प्रचण्ड,पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल जसले यो विचारलाई समाउछ कार्यकर्ताले त्यतै समर्थन गर्ने अध्यक्ष पन्तको दावी थियो ।
पार्टी भित्र वैचारिक चिन्तन कमजोर भएकाले अहिले केन्द्रदेखि गाउँ तलसम्म विभिन्न गुट, उपगुट र झुण्डहरु झुण्डीएका र सवै गुटहरुले नेताहरुको आसिर्वाद रहेको देखाउने प्रयास गरेको उहाँको आरोप छ । अध्यक्ष पन्तले पार्टी नीति, सिद्धान्त र पद्धतीमा नचलेको र नेताहरुको फेर समातेर स्वार्थ पुरा गर्ने विसंगति वढेको विचार राख्नुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।